बंगुरका पालक धुर्मुस

सीताराम कट्टेल (धुर्मुस) को चर्चा सानो छैन हास्य कलाकारिताका क्षेत्रमा । टेलिसिरियल मेरिबास्सैबाट चर्चामा आएका उनी अब स्थापित नाम बनिसके । कलाकारितामा नआएका भएचाहि अहिले उनी के गरिरहेका हुदा हुन् त ? उनैले सुनाए– ‘हेर्नुस्, कलाकार नबनेको भए पनि म ‘कार’चाहि जसरी पनि बन्थे, चित्रकार बन्थे हुला ।’  यसअनुसार उनी नेपालका पर्यटकीय क्षेत्रलाई चित्रमा उतार्नुका साथै ब्यानरमा विज्ञापन लेख्ने काम गरिरहेका हुन सक्थे । चित्रकै व्यापार गरिरहेका हुन्थे । चित्रकारितामा चाहि सफलै हुन्थे भन्ने ग्यारेन्टी कसरी त ? ‘किनकि मैले स्कुलमा थुप्रै चित्र कोरेर सफलता पाएको छु, लेखनाथ पौडेल, भानुभक्त आचार्य र राजाहरूका चित्र राम्ररी कोर्न सक्थे ।’ तर, अहिले आएर उनले अभिनयबाहेकको पेसा रोज्नुपर्दा चित्रकारिता छानेनन्, बंगुरपालन व्यवसाय पो अगालेका रहेछन् । ललितपुरको ठेचोमा उनको ‘नेपाल एग्रिकल्चर फार्म हाउस’ छ, जहा छन् सयवटा बंगुर । त्यससगै उनी अस्पतालमा पनि लगानी गरिरहेछन् । ललितपुरको महालक्ष्मीस्थानस्थित शुभतारा अस्पतालका संयोजक हुन् ।
उनलाई कल्पना गर्न लगाइयो– ‘यदि तपाईं मालिक नभएर बंगुरको मलमूत्र सोहोर्ने कामदार भएको भए के गर्नुहुन्थ्यो ?’ ‘हेर्नुस् काम कुनै सानो हुदैन, सबै गहन हुन्छन्’, उनले बौद्धिकता देखाए– ‘मैले बंगुर स्याहारसुसार गर्न दुई जना कामदार राखेको छु । उनीहरू नभएको भए म आफैले पनि गरिहाल्नुपथ्र्यो नि †’ आफूलाई गाउबाट आएको साधारण किसानको छोरा बताउने उनले खेतीकिसानीको मर्म पकडे  यतिखेर– ‘गाउमा गाईको गोबर सोहोरेर आएकै हु । कृषिप्रधान देशका लागि त यस्ता काम झनै राम्रँ हुन् ।’
साहुले कामदारलाई कज्याउने बहानामा फोहोर नभएको ठाउमा पनि सफा गर, फोहोर नभए पनि सफा गर भनेर साह्रै कचकच गरेचाहि“ कत्तिको सहदा हुन् त धुर्मुस ? आफू कामदार भएको कल्पनामा डुबिरहेका यी बंगुरपालकले कल्पनैकल्पनामा मजदुरको बाध्यता पनि सुनाए– ‘के गर्नु र आङ्खनो कर्ममा त्यस्तै लेखिएको छ भने स्विकार्नैपर्‍यो नि †’ मन पराएकी कुनै च्वाक केटी उनले बंगुरको मलमूत्र सोहोरिरहेको ठाउमा आइपुगी भने नि ? सुनाए– ‘के गर्नु, ङिच्च दात ङिच्याउथे अनि भन्थे, हेर मेरो त कामै यस्तै हो, नगरी हुदैन †’ उनका विचारमा हरेक त्यस्ता कामदार एकदम स्वाभिमानी अनि सोझासाझा हुन्छन्, उनीहरूलाई बिचरा नभन्ने मान्छे पनि कमै होलान् ।
फेरि जिस्क्याइयो, यी सुन्तलीका बूढालाई– ‘अनि तपाईं फोहोरी कामदार भइरहदा पनि साहुकी छोरीले प्र्रेमप्रस्ताव राखी भने त झन् के गर्नुहुदो हो ?’ ‘ओहो, त्यस्तो भए त आफूले नखाएर भए पनि उनलाई सुखमा राख्थे नि । भन्थ– हेर, तिम्रो घरमा काम गर्ने कामदार म, तिमीलाई सुनैसुनको महलमा सजाउन त सक्दिन तर मनको मझेरीमा सुखले राख्न सक्छु ।’ बिहेकै प्रस्ताव राखे नि ? कल्पनामा डुबेका धुर्मुसले आइडिया फुराइहाले– ‘हेर्नुस्, म त त्यो कामै छाडेर साहुकी छोरी लिएर हिडिदिन्थे । भोलिपल्टको दिनदेखि बंगुरको फोहर आफै सोहोर्नु परेपछि चाल पाउथ्यो बूढाले ।’
कामदारले गर्नुपर्ने दुःखको कल्पनामा डुबेर ठट्यौली गरिरहेका धुर्मुस अब सामान्य मानसिकतामै फर्किए  । जहा उनी स्थापित कलाकार छन्, अनि बंगुर फर्मका मालिक । यसबीच धुर्मुसले कृषिक्षेत्रका समस्या पनि थुप्रै बुझेका रहेछन् । कृषिमन्त्रीलाई सुझाब पनि दिन भ्याए– ‘हाम्रो देश पछि परेको कृषि–व्यापारलाई बुझ्न नसकेकाले हो । मैले व्यक्तिगत रूपमा एक सय बंगुर पालेर दुई परिवारलाई रोजगारी दिन सकेको छु । सरकारले पनि यस्ता व्यवसायलाई प्राथमिकता दिए अरू परिवारले पनि रोजगारी पाउथे, त्यसैले कृषिकार्यमा प्रेरित गर्ने खालका योजना प्रशस्तै ल्याउनुपर्‍यो मन्त्रीज्यू †’
प्रस्तुति, विशाल

प्रतिक्रिया