बिन्तिपत्र दिन एमाओवादी नेता किराती संलग्न रहेको खुलासा

काठमाडौ, ५ वैशाख । एकीकृत नेकपा  (माओवादी)का पोलिटब्युरो सदस्य गोपाल किरातीले आफू निकटका व्यक्तिलाई प्रधानमन्त्री बनाउन नौ वर्षअघि तत्कालीन राजदरबारमा बिन्तिपत्र चढाउने काममा साथ दिएको खुलासा भएको छ ।
वर्तमान सरकारका संस्कृतिमन्त्री  किराती कर्णाली मुक्ति मोर्चाका प्रवक्ता प्रेम कैदीलाई प्रधानमन्त्री बनाउने एक निर्णयमा सहभागी बनेका थिए । तत्कालीन किरात वर्कर्स पार्टीको महासचिवको हैसियतले किरातीले थारु मुक्ति संग्राम, तमुवान प्रतिनिधि र कर्णाली मुक्ति मोर्चासग मिलेर कैदीलाई प्रधानमन्त्री बनाउन बिन्तिपत्र हाल्ने निर्णय गरेका थिए ।
२१ जेठ २०६० मा तत्कालीन राजदरबारमा बुझाइएको बिन्तिपत्रमा थारु मुक्ति संग्रामका डा. ललन चौधरीले हस्ताक्षर गरेका थिए तर २४ वैशाख २०६० मा चारवटै समूहको बैठक ले बिन्तिपत्र हाल्ने निर्णय गरेको थियो । बैठकपछि एक संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरिएको थियो जसमा किरातीको पनि हस्ताक्षर छ । उक्त विज्ञप्तिको ड्राङ्खट पनि किरातीले नै गरेको स्रोतले बतायो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा राजदरबारबाट प्रधानमन्त्रीका लागि बिन्तिपत्र आह्वान गरिएको थियो । दर्ता नं ६६५ रहेको उक्त बिन्तिपत्रमा ‘वाम बुद्धिजीवी तथा पत्रकार कैदीलाई सर्वदलीय सरकारको नेतृत्व प्रदान गर्ने अवसर मौसूफ सरकारबाट बक्स होस् भनी बिन्ती चढाउन सेवकलाई अधिकार प्रदान गरेको ब्यहोरा जाहेर गर्दछौं’ भनिएको छ । उक्त पत्रमा ‘भावी सरकारको प्रधानमन्त्रीमा कैदी चयन भएमा उत्पीडित जाति र क्षेत्रका जनता मौसूफप्रति सदा कृतज्ञ रहनेछन् र देशको वास्तविक एकीकरण गराउन मौसूफको क्रान्तिकारी योगदान राष्ट्रले पाउने छ ।’ सोही समयमा नेकपा (एमाले)का तत्तकालीन महासचिव माधवकुमार नेपालले पनि प्रधानमन्त्रीका लागि बिन्तिपत्र चढाएका थिए भने नेपाली का“ग्रेसका गिरिजाप्रसाद कोइराला बिन्तिपत्रविरुद्ध सडक आन्दोलनमा आएका थिए ।
‘अहिलेको तीव्र द्वन्द्वको डरलाग्दो स्थितिमा मौसूफबाट ऐतिहासिक र युगान्तकारी नेतृत्व बक्स हुने विश्वास लिएका छौ“’ बिन्तिपत्रको पहिलो अनुच्छेदमा ‘आम नेपाली जनसमुदायले राजनैतिक ठालुगिरी गरिरहेका नवभारदारहरुको बदलामा देशका दूरदराज, उपेक्षित क्षेत्र र जातिका समुदायतिर पनि नजर फिराइबक्सन बिन्ति चढाउदछु’ कैदीलाई प्रधानमन्त्री बनाउन चढाइएको बिन्तीपत्रमा उल्लेख छ ।

प्रतिक्रिया