संविधान बनाउने वातावरण बनेको छः पौडेल

काठमाडौं, ५ वैशाख । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र नेपालका लागि नर्वेका राजदूत टोरे टोरेङबीच आज विहान भेटवार्ता भएको छ ।

पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा राजदूत टोरेङले शान्ति प्रक्रियामा भएको प्रगतिप्रति खुशी व्यक्त गरेका थिए ।

सेना समायोजनको कामसँगै शान्तिप्रक्रियाको काम सकारात्मक ढंगले अघि बढेर संविधान लेखनको वातावरण तयार भएको नेता पौडेलले जानकारी गराए ।

संविधानका विवादित विषयहरुमा सहमति जुटाउन राजनीतिक दलका नेताहरुबीच छलफल भैरहेको भन्दै नेता पौडेलले वार्ताबाटै निकास निस्कने राजदुतलाई आश्वासन दिएका छन् ।

पौडेलले राजनीतिक दलहरुबीच संविधान लेखनका बाँकी विषयमा छिटै सहमतिमा पुग्ने उल्लेख गरेका छन् । उनले निर्धारीत समयमै संविधान बन्ने राजदूत टोरेङलाई जानकारी गराएको पौडेलेको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया