मन्त्री हुँदै पार्टी छाड्दै

काठमाडौं, १७ चैत । नेकपा (एमाले)का तर्फबाट पटकपटक मन्त्री भएका १४ जना नेता यतिबेला एमालेमा छैनन् । नया दल गठन गरेर नेतृत्वमै रहेका नेताबाहेक फुटकर नेतालाई फर्काउन एमालेले चासो पनि दिएको छैन ।
छुट्टै वाम समूहको नेतृत्व गरेका नेतालाई एमालेले पार्टी एकता र सहकार्यका लागि पत्राचार गरे पनि स्वतन्त्र हैसियतका नेतालाई फर्काउन एमालेले पहल गरेको छैन । २१ वर्षयता आङ्खनै नेतृत्वमा बनेका एमालेका तीन सरकार र अन्य दलले नेतृत्व गरेका आठवटा सरकारमा मन्त्री बनेका ८४ नेतामध्ये १४ जना एमालेमा छैनन् । एमालेका तर्फबाट मन्त्री भइसकेका राधाकृष्ण मैनाली, सलिममिया“ अन्सारी, पद्मरत्न तुलाधर, सिपी मैनाली, देवीप्रसाद ओझा, कमलप्रसाद चौलागाईं, भीमबहादुर कठायत, पे्रमबहादुर सिंह, महेन्द्रप्रसाद यादव, गोविन्दनाथ उप्रेती, जगतबहादुर बोगटी र देवबहादुर पौडेल अहिले एमालेमा छैनन् । एमालेबाटै मन्त्री भएका सीतानन्दन राय र अम्बिका सा“वाको पार्टी त्यागपछि निधन भइसकेको छ ।
०५१ सालमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको एकल सरकारमा रहेका १५ मन्त्रीमध्ये चारजना एमालेमा छैनन् । एमालेको अल्पमत सरकारमा स्थानीय विकास र आपूर्तिमन्त्री रहेका सिपी नेकपा (माले)का महासचिव छन् । यस्तै सोही सरकारमा कृषि, भूमिसुधार तथा व्यवस्थामन्त्री भएका राधाकृष्ण एमाओवादीका केन्द्रीय सल्लाहकार अनि श्रम र स्वास्थ्यमन्त्री बनाइएका तुलाधर मानवअधिकार आन्दोलनमा क्रियाशील छन् । वन तथा भूसंरक्षण राज्यमन्त्री भएका अन्सारी राप्रपा नेपालमा छन् । उनीहरुमध्ये माले महासचिव सिपीसग भने एमालेले सहकार्यका लागि वार्ता गरेको छ ।
राप्रपा नेतृत्वमा बनेको सरकारमा एमालेबाट शिक्षामन्त्री भएका ओझा पार्टी एकतामा पनि सामेल भएनन् र अहिले सक्रिय राजनीतिमा छैनन् । एमालेबाटै तीनपटक मन्त्री भएका राधाकृष्ण पार्टी त्यागेर राजाको अध्यक्षतामा बनेको मन्त्रिपरिषद्मा शिक्षामन्त्री भएका थिए । उनले एमालेका शीर्ष नेताहरुसग गैरराजनीतिक भेट भए पनि आफूलाई एमालेमा फर्कन कुनै प्रस्ताव नआएको बताए ।
‘भोजभतेरमा बाहेक राजनीतिक रुपमा कुरा आएको छैन,’ उनले सौर्यसग भने, ‘मैले पार्टीमा बस्दिन भनेको थिइन, छाडेको पनि होइन, निकालेका हुन् । कुरा गर्न आए कुरा हुन्छ, गर्दिन भनेको छैन ।’ एमालेबाट मन्त्री भइसकेका अर्का पूर्वनेता चौलागाईं पनि यतिबेला स्वतन्त्र हैसियतमा छन् । चौलागाईंसगै एमाले त्यागेका पूर्व राज्यमन्त्री विनोदकुमार शाह र पूर्वसांसद मदन ढुंगेल भने एमालेमा फर्केका छन् । शाह पार्टी कार्यालयमै गई गत वर्ष र ढुंगेल फागुनको अन्तिम साता राष्ट्रिय प्रतिनिधि परिषद् बैठकका अवसरमा एमाले प्रवेश गरेका हुन् । स्रोतका अनुसार मैनाली, चौलागाईं र ओझालाई फर्काउने प्रयास भइरहेको छ ।
एमालेबाटै मन्त्री भएका अछामका अर्का नेता कठायत र पौडेल पनि एमाओवादीमा छन् । त्यस्तै पटकपटक मन्त्री भएका महेन्द्रप्रसाद यादव तमलोपा नेपालका अध्यक्ष र वर्तमान सरकारमा मन्त्री छन् । जगतबहादुर बोगटी नेकपा(माले–समाजवादी)का अध्यक्ष छन् र बोगटीको समूहसग पार्टी एकताका लागि एमालेले प्रयास अघि बढाएको छ । हाल समाजवादी जनता पार्टीका अध्यक्ष रहेका प्रेमबहादुर सिंह पनि पहिले एमालेबाटै मन्त्री भएका नेता हुन् ।
एमालेले अन्य वाम समूहसग एकता वार्ता र पार्टी छाडेका नेतालाई पार्टीमा फर्काउने औपचारिक निर्णय गरी वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । विगतमा पार्टीमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई पार्टीले घर फर्क अभियान चलाएकाले उनीहरु फर्किने क्रम सुरु भएको एमाले नेताहरु बताउछन् ।

मन्त्री भएर पार्टी छाडेका पूर्वनेताहरु

१ सिपी मैनाली    माले महासचिव
२ राधाकृष्ण मैनाली    माओवादी सल्लाहकार
३ देवीप्रसाद ओझा    स्वतन्त्र
४ पद्मरत्न तुलाधर    स्वतन्त्र
५ कमलप्रसाद चौलागाईं    स्वतन्त्र
६ भीमबहादुर कठायत    माओवादी
७ प्रेमबहादुर सिंह    समाजवादी जनता दल
८ महेन्द्र राय यादव    अध्यक्ष तमलोपा नेपाल
९ जगतबहादुर बोगटी    माले समाजवादी अध्यक्ष
१० सलिम मियाँ अन्सारी    राप्रपा नेपाल उपाध्यक्ष
११ देवबहादुर पौडेल    माओवादी
१२ गोविन्दनाथ उप्रेती    स्वतन्त्र
१३ सीतानन्दन राय    फोरम प्रवेशपछि निधन
१४ अम्बिका सांवा    माओवादी प्रवेशपछि निधन

प्रतिक्रिया