एकै परिवारका तीनको हत्या

महेन्द्रनगर,१७ चैत । दार्चुलाको रानीशीखर गाविस ४ का एकै घरका तीन जनाको  शव चमेलिया नदी किनारमा आज फेला परेको छ । सोही परिवारका एक सदस्य अझै बेपत्ता छनभने उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार २५ वषिर्य पार्वती भट्ट, उनकी १६ वर्षीय छोरी सरीता भट्ट र ५ वर्षीय छोरा सुनिल भट्टको नदी किनारमा शव फेला परेको हो । पार्वतीका अर्का छोरा अनिल भट्ट  हाल सम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

हिजो बिहीवार सोही गाविस- ६ का धनजीत ठुगुन्नाले राती एघार बजे पार्वती भट्टको घर आएर झगडा गरेका थिए । ठगुन्नाले पार्वती परिवारका सदस्यमाथी कुटपिट समेत गरेका थिए । त्यसको केहीबेरपछि घरबाट बेपत्ता भएकी पार्वती र उनका छोराछारीको शव शुक्रवार दिउंसो चमेलिया नदी किनारमा फेला परेको हो । यसरी कुटपिट गर्ने ठगुन्न्फरार छन् । पार्वतीका श्रीमान राजेन्द्रप्रसाद भट्ट भारतमा रहेको पनि प्रहरीले जनाएको छ ।

अञ्चल प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक सुदिप आचार्यले प्रारम्भिक अनुसन्धानमा हत्या गरिएको हुन सक्ने जानकारी दिए । प्रहरीले फरार ठुगुन्नाको खोजी भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया