नव नेपाल सहकारीद्वारा ४७ लाख ठगी

काठमाडौं, १५ चैत । नव नेपाल बचत तथा रोजगार विकास सहकारी संस्थाले निक्षेपकर्ताहरूको ४७ लाख ३३ हजार तीन सय सात रुपिया निक्षेप ठगी गरको छ ।
निक्षेपकर्ता तथा सेयरधनी विष्णुबहादुर गुरुङले चार वर्षअघि पाच हजारको सेयर खरिद गरी विभिन्न समयमा निक्षेप गर्दै आए पनि अहिले रकम फिर्ता नपाएको बताए । उनले राखेको निक्षेप फिर्ता लिने समयावधि सकिसकेको छ । उनीसहित अन्य छजनाको ४७ लाख ३३ हजार तीन सय सात रुपिया“ निक्षेप रहेको पीडित पक्षले बताए । उनीहरूले निक्षेप फिर्ता नगरेको भन्दै महानगरीय प्रहरी परिसर हनुमान ढोका, ‘हेलो सरकार’ मा समते उजुरी गरिसकेका छन् । तर, कुनै पनि किसिमको सहयोग नपाएको गुनासो पीडित पक्षको छ । पटकपटक सहकारी कार्यालयमा जादा पदाधिकारी नभेटिने र सम्पर्कमा पनि नआउने पीडित गुरुङ बताउ“छन् ।
‘पैसा फिर्ता गर्न  आलटाल गर्दै आएका छन्,’ उनले भने, ‘डेढ वर्षयता ब्याजसमेत पाएका छैनौ,’ यस्तो  घटनापछि ठगिएको महसुस गर्दै उजुरी गरेको गुरुङको भनँइ छ । बुधबार राजधानीमा पत्रकारसम्मेलनको आयोजना गरीे सबै निक्षेपकर्ताका डेढ वर्षदेखि ब्याजसमेत नदिएको पीडितले बताए । पीडित पक्षले गत कात्तिकमै महानगरीय प्रहरी परिसर हनुमान ढोकामा मद्दा जाहेरी गरेका हुन् । सो मुद्दा डिएसपी अरुण बिसीले हेरेका थिए ।
पुसमा सहकारी संचालकलाई पक्राउ गरिए पनि रकम दिने कागज गराएर प्रहरीले छाडेको थियो । सुरुमा ब्याजको प्रलोभन देखाएर सो सहकारी निक्षेप तान्न सफल भएको थियो । निक्षेप जम्मा गर्नेमा गुरुङको १२ लाख ८२ हजार सात सय ८२ रुपिया“ रहेको छ । त्यस्तै, अन्जु गुरुङको एक लाख ९२ हजार १५, मिथिला घले गुरुङको दश लाख, मुना घले गुरुङको ७ लाख ३२ हजार चार सय तीस, सीतादेवी गुरुङको ९ लाख १७ हजार एक सय ३६, दिलीप नरसिंह अधिकारीको दुई लाख ९७ हजार तीन सय ४८, केशवराज गुरुङको तीन लाख ११ हजार पा“च सय ९७ रुपिया“ निक्षेप रहेको छ ।
उनीहरूलाई निक्षेपमा सातदेखि १३ दशमलव पा“च प्रतिशत ब्याज दिने सहमति सो सहकारीले गरेको थियो । करिब १२ वर्षअघि स्थापना भएको सो संस्थामा २०६१ सालमा नया“ संचालक समिति आएपछि कुनै किसिमको ऋण प्रवाह भएको छैन । पीडितले डिभिजन सहकारी कार्यालयमा सम्पर्क गर्दा प्रहरीमा जाहेरी दिन भनेपछि आफूहरूले त्यसै गरेको गुरुङ बताउ“छन् । तर, डिभिजन कार्यालयले चिठी लेखेपछि मात्र प्रहरीमा जाने प्रावधान छ । डिभिजन सहकारी काठमाडांैका सहकारी अधिकृत कृष्णप्रसाद शर्मा ठगी मुद्दा भएकाले डिभिजनले नहेरेको बताउ“छन् ।
सो सहकारीको संचालक समितिमा वीरेन्द्रनाथ टन्डन अध्यक्ष, केदारराज पाण्डे उपाध्यक्ष, ईश्वरचन्द्र अधिकारी सचिव र शारदा मानन्धर कोषाध्यक्ष रहेका छन् । सदस्यहरूमा दिवाकरप्रसाद भट्टराई, नारायणप्रसाद भट्टराई, हरिबहादुर केसी, चन्द्रभक्त मानन्धर र शान्तभक्त मानन्धर छन् ।

सगरमाथामा सहकारी झन्डा
काठमाडौं, विश्वभर अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ मनाइरहेका बेला नेपालले भने सो अवसरमा सर्वोच्व शिखर सगरमाथामा सहकारीको झन्डा फहराउने भएको छ ।
नेपाल सूचना तथा संचार सहकारी केन्द्रीय सहकारी संघको आयोजनामा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए)ले झन्डा र अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को प्रतीक सगरमाथा आहोरण गर्ने टोलीलाई बुधबार एक कार्यक्रमको बीच हस्तान्तरण गरेको हो । सगरमाथा जानेमा कृष्ण केसीको नेतृत्वमा ११ जनाको टोली रहेको छ । सो टोलीमा नेपाल सूचना तथा संचार केन्द्रीय सहकारी संघका महासचिव शिवकुमार डा“गी पनि सहभागी हुने छन् ।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट र राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले झन्डा हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया