वाइसिएलको पैसाबारे माओवादीमा विवाद

काठमाडौं, १४ चैत । एकीकृत नेकपा (माओवादी)मा वाइसिएललाई कति रकम दिने भन्नेमा विवाद देखिएको छ ।  पार्टी नेतृत्वले मध्य फागुनसम्ममा वाइसिएललाई रकम दिने आश्वासन दिएको दुई महिना बितिसक्दा पनि कति दिने भन्ने टुङ्गो विवादकै कारण अझै लाग्न सकेको छैन ।
स्रोतका अनुसार वाइसिएललाई दिने रकमबारे अध्यक्ष पुष्पकमल दाहाल–उपाध्यक्ष एवं प्रधानमन्त्री डा.बाबुराम भट्टराई र अर्का उपाध्यक्ष मोहन वैद्य समूहबीच मात्रै होइन, दाहाल–भट्टराई समूहभित्रै पनि विवाद छ । दाहाल पक्षका केही नेताले दुई लाख ५० हजारका दरले दिनुपर्ने र केहीले शिविरका लडाकुबाट मासिकरुपमा जम्मा गरिएको रकम बाडिदिनुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।
नेतृत्वले ०६३ पुसमा करिब तीन हजार ‘कोर’ लडाकुलाई वाइसिएलमा आबद्ध गरेको थियो । स्वेच्छिक अवकाश रोजेका लडाकुले पाएको न्यूनतम रकमबराबर आफूहरुले पनि पाउनुपर्ने माग गर्दै वाइसिएलले गत माघमा आन्दोलन गरेपछि नेतृत्वले मध्य फागुनसम्ममा रकम दिने सहमति जनाएको थियो । वाइसिएललाई दुई लाख ५० हजारका दरले दिंदा ७५ करोड  रुपिया“ चाहिन्छ भने वैद्य समूहले माग गरेअनुसार पाच लाखकै दरमा दिनुपरे डेढ अर्ब  जम्मा गर्नुपर्छ ।
एक केन्द्रीय सदस्यले लडाकुको खातामा अहिले १४ करोड सञ्चित रहेको बताए । प्रत्येक लडाकुबाट मासिक हजार उठाएर रकम जम्मा गरिएको हो । स्रोतका अनुसार दाहाल पक्षधर पोलिटब्युरो सदस्य हरिबोल गजुरेल, अग्नि सापकोटा, नन्दकिशोर पुन, हितराज पाण्डेलगायतले त्यही रकम दामासाहीले बा“डिदिनुपर्ने सुझाव दिएका छन् । उक्त रकम बाड्दा प्रत्येक वाइसिएलले ४७ हजारका दरले पाउने हिसाब उनीहरुले निकालेका छन् ।
दाहाल खेमाकै पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेत, चन्द्रप्रकाश खनाल, वाइसिएल संयोजक तथा केन्द्रीय सदस्य गणेशमान पुनलगायतका नेता भने कम्तीमा दुई लाख ५० हजारसम्म दिनुपर्ने अडानमा छन् । स्रोतका अनुसार लडाकुको खातामा सञ्चित रकममा पार्टी कोषको रकम थपेर त्यति पुर्‍याउनुपर्ने उनीहरुको सुझाव छ ।
स्रोतका अनुसार ‘शिविरबाट निकाल्ने बेलामा पछि लडाकुले पाएसरह सुविधा दिलाउंला’ भनेर आश्वासन दिइएकाले पनि लडाकुले पाएको न्यूनतम रकमको आधा वाइसिएललाई दिनैपर्ने उनीहरुको तर्क छ । त्यस्तो नभए ‘कोर लडाकु बिच्किएर स्थिति डरलाग्दो हुने’ चेतावनी पनि उनीहरुले नेताहरुलाई दिएको स्रोतको दाबी छ ।
ती स्रोतका अनुसार दाहाल पनि लडाकुको खातामा जम्मा रकम नै बाडेर वाइसिएललाई सम्झाउन सकिन्छ भन्ने विश्वासमा छन् । ‘लडाकु कोषमा जति रकम छ, त्यसैमा चित्त बुझाउनुहोला भनेर सम्झाउदा वाइसिएल मान्छन् भन्ने विश्वास अध्यक्षले गरेको देखिन्छ,’ एक पोलिटब्युरो सदस्यले भने । पार्टीको नियमित आम्दानी धेरै नभएको, चन्दादाता पनि घट्दै गएको तथा कसैसग ठूलो धनराशि चन्दा मागे त्यसैलाई ‘इस्यु’ बनाएर विपक्षीले विरोध गर्ने भएकाले दाहाल त्यस्तो मनस्थितिमा पुगेको ती नेताको बुझाइ छ ।
पार्टी नेतृत्व र सरकारविरुद्ध संघर्षको घोषणा गरेको वैद्य समूह भने पाच लाख रुपिया दिनैपर्ने अडानमा छ । दाहालसगको छलफलमा यो समूहले पाच लाख नदिए आन्दोलन चर्काउने चेतावनी दिएको छ ।
वाइसिएलमा कति लडाकु आबद्ध छन् र उनीहरुलाई कुन आयबाट कति–कति रकम दिने भन्नेबारे अध्ययन गर्न पोलिटब्युरो सदस्य तथा लडाकुका डेपुटी कमान्डर चन्द्रप्रकाश खनालको नेतृत्वमा वाइसिएल संयोजक पुन र सह–संयोजक उमा भुजेल रहेको तीन सदस्यीय टोली बनाइसकेको छ ।
पुनका अनुसार करिब तीन हजारको हाराहारीमा रहेको लडाकुको पुरानो तथ्यांकलाई अहिले ‘फिल्टर’ गर्ने काम भइरहेको छ । ‘पुरानो तथ्यांकलाई अहिले राज्यस्तरबाट फिल्टर गर्ने काम भइरहेको छ । धेरै साथी अन्यत्र व्यवस्थापन भइसकेका पनि छन्, त्यसैले संख्या घट्छ होला’, उनले सौर्यसग भने । कति रकम दिने भन्नेमा ‘खासै’ विवाद नरहेको उनले दाबी गरे  । ‘आआङ्खनो ढंगले सुझाव दिनु स्वाभाविकै हो,’ उनले भने ।

प्रतिक्रिया