राज्यमन्त्री महर्जन र साहको जिम्मेवारीमा हेरफेर

काठमाडौं, १० चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री दिलिप महर्जन र भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहको जिम्मेवारी हेरफेर गरेका छन् ।

सम्बन्धित मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीवीच कार्यसञ्चालमा समस्या देखिएपछि प्रधानमन्त्री भट्टराईले उहाँहरुको जिम्मेवारी हेरफेर गरिदिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

राज्यमन्त्री साहले भूमिसुधार मन्त्रीले भ्रष्टाचार गरेको बिषयलाई सार्वजनिक गरेपछि राज्यमन्त्री र मन्त्रीबीच तनाब भएको थियो ।

जिम्मेवारी परिवर्तनसँगै महर्जन भूमिसुधार राज्यमन्त्री भएका छन् भने साह पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् । दुवै मन्त्री एकीकृत माओवादी सम्बद्ध हुन् ।

प्रतिक्रिया