सुन्दरी कमरेड

कोमल शरीर, बारुली कम्मर, आकर्षक नितम्ब अनि नाकमा टल्किरहेको बुलाकी । कुनै हलिउड नायिका वा मोडलभन्दा कम देखिन्नन्– क्यामिला भल्लेजो । चिलीकी विद्यार्थी नेता । जब मञ्चमा उद्घोषकले कमरेड क्यामिलाको नाम लिन्छन् तब लामो मिनेटसम्म दर्शक उत्तेजित भइरहन्छन् । तालीको गड्गडाहट चलिरहन्छ । अनि सुरु हुन्छ उनको जोडदार भाषण, शिक्षामा व्याप्त निजीकरण र असमानताविरुद्ध ।
क्यामिलाको उमेरले २३ वर्ष मात्र काटेको छ, विश्वमै चिनिइसकिन् । सुन्दर र आकर्षक शरीरकी उनलाई उनकै उमेरका युवाले सेक्सी कमरेड भन्न सक्लान् । टल्किरहेका नीला आ“खामा आङ्खनो आ“खा मिसाएर अपूरो आनन्द लिन खोज्लान् । तर, उनीचाहि“ आफूभन्दा पनि सुन्दर लक्ष्यमा केन्द्रित छिन्, जसलाई जवानी मात्र हेर्ने बाहिरी आ“खाले नदेख्न सक्छन् । धेरै युवा क्यामिलाको जस्तो आकर्षक शरीरको चाहना राख्लान्, तर उनीचाहि“ संसारलाई नौलो र सुन्दर बनाउने चाहना राख्छिन् । यसका लागि उनको वैचारिक सौन्दर्य महŒवपूर्ण हुन्छ, जुन उनीस“ग छ पनि । आफूलाई हेर्न आएका हजारौ“ उत्तेजित युवाको दिमागमा उनी सुन्दर विचारको झड्का दिन्छिन् । शारीरिक सुन्दरता मात्र नियालिरहेका युवाले एकाएक उनको वैचारिक परिपक्वता, तार्किक बौद्धिकता अनि कुशल वक्तृत्वको परिचय पाउ“छन् । अनि सोच्छन्– ए, पछि लाग्नुपर्ने त यिनको विचारको पो
रहेछ † उनले माइक समात्न सुरु गरेपछि माहोलमा सियो खसे पनि सुनिने शान्ति कायम हुन्छ । युवा युग परिवर्तनका सुन्दर विचार दिमागमा भरेर निस्कन्छन् । यही खुबीका कारण कतिपय चिली नागरिक क्यामिलाको जन्म कुशल भाषण गर्नैका लागि भएको विश्वास राख्छन् ।
अर्धसरकारी, पूर्णतः निजी र नगरपालिकाको अनुदानमा चलेका सामुदायिक गरी चिलीमा तीन किसिमका शैक्षिक संस्था छन् । शैक्षिक संस्थाबीचको यो असमानताले त्यहा“को वर्गीय समाजमा प्रभाव पारेको छ । जसोतसो शैक्षिक योग्यता ग्रहण गरेर पनि दशकौ“सम्म त्यसको ऋण तिर्नुपर्ने बाध्यतामा युवा छन् । यही अवस्थाको मर्म च्याप्पै समातेकी छन् क्यामिलाले । शिक्षा सबै नागरिकको पहु“चमा हुनुपर्छ –क्यामिलाले नेतृत्व गर्ने आन्दोलनभित्रको आशय यही नै हो । शिक्षालाई उपभोक्तावादीको सामग्री बन्नबाट बचाउनुपर्ने र यसलाई जनताको मौलिक हकका रूपमा राज्यले ग्यारेन्टी गरिदिनुपर्ने नारा उराल्दै अहिले सडकमा लाखौ“ विद्यार्थी क्यामिलाका साथ उत्रिएका छन् । सन् २००६ मा विश्वविद्यालय प्रवेश गरेकी क्यामिला सन् २००७ मै चिली कम्युनिस्ट पार्टीको सदस्य बनिन् । अहिले चिलीकै ठूलो विद्यार्थी संस्था विश्वविद्यालय विद्यार्थी महासङ्घकी अध्यक्ष छिन् । यसअघि उनी चिली युनिभर्सिटी विद्यार्थी युनियनकी अध्यक्ष थिइन् । पछि अर्का वाम पुरुष ग्य्रावियक बोरिलस“ग पराजित भएपछि उनको पद खोसियो । तर, यसले उनको लोकप्रियतामा कुनै असर गरेन, हारेर पनि जित्नेभन्दा प्रभावशाली देखिइन् । चिलीको विद्यार्थी अँन्दोलनकी केन्द्रविन्दु उनै हुन् यतिखेर ।
त्यहा“ हाल राष्ट्रपति पनेरा सेवास्तियनको सरकार छ, जुन तानाशाह अगस्तो पिनोचेप्रति नरम देखिन्छ । तानाशाह पिनोचे, जसले राष्ट्रपति साल्भाडोर एलेन्डेको समाजवादी सत्तालाई अपदस्थ गरेपछि शिक्षा नीतिमा समेत परिवर्तन गरे । शिक्षामा निजीकरणको सो नीतिलाई नै पिनेरा सरकारले हुबहु लागू गरिरहेको छ । त्यही नीतिमा परिवर्तनको माग गरिरहेछ क्यामिलाहरूको आन्दोलन । थुप्रैपटक वार्ता पनि भए । तर, सबै असफल । लाखौ“ विद्यार्थी पढाइ बहिष्कार गरेर सडकमा निस्किरहेका छन् । आन्दोलनको प्रभाव विश्वभरिका युवामा समेत फैलिएको छ । युरोपेली र एसियाली युवाको सहानुभूति बटुलेको छ । आन्दोलनले विश्वचर्चित युवा नेत्री जन्माएको छ– क्यामिला ।
क्यामिलालाई मध्यमवर्गीय परिवारले जन्माएको हो । एक समय उनका मातापिता रेनाल्डो भल्लेजो र मारिएला डलिग चिली कम्युनिस्ट पार्टीका सक्रिय सदस्य थिए । चिलीको सैनिक सत्ताविरुद्ध प्रतिरोध आन्दोलनमा उत्रिएका थिए । क्यामिलाको बाल्यकाल माकुल र ला ङ्खलोरिडा कम्युनमा बित्यो । स्कुले शिक्षा ला ङ्खलोरिडाको एक निजी विद्यालयबाट लिएकी हुन् ।
अहिले ट्विटरमै पनि उनका प्रशंसक लाखौ“ पुगिसके । गार्डेन पत्रिकाको सर्वेक्षण अनुसार उनको लोकप्रियता विश्वमा ७८ प्रतिशत छ । जर्मनको साप्ताहिक डाइ जेइटले चिलीमा विद्यार्थी आन्दोलन भइरह“दा सन् २०११ अगस्टमा क्यामिलाको तस्बिरसहितको आवरण प्रकाशित गरेको थियो । लगत्तैको डिसेम्बरमा टाइमले उनलाई पर्सन अफ दि इयरका रूपमा मुख्य पृष्ठमा छाप्यो । उनी पु“जीवादको विरोध गर्छिन् । तर, त्यसकै झल्को दिने विभिन्न मिडियाका अभिन्न सामग्री बनिरहेकी छन् क्यामिला ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया