आयोजना सकिनेबेला स्वीकृति

काठमाडौ, ८ चैत । २२० केभीको हेटौडा–भरतपुर ट्रान्समिसन लाइन निर्माण पूरा गर्न आठ महिना बाकी हुदामात्रै आयोजनाले वन तथा भूसंरक्षण मन्त्रालयबाट स्वीकृति पाएको छ ।
सन् २००९ को मार्चमा निर्माण सुरु गर्ने भनेको सो ट्रान्समिसन आयोजना २०१२ भित्र पूरा गर्ने नेपाल विद्युत् प्राधिकरणको लक्ष्य थियो । तर, वन मन्त्रालयको स्वीकृति नहुदा आयोजनाको निर्माण कार्य अगाडि बढ्नसकेको छैन । ‘अहिले आएर बल्ल वन विभागले टावर निर्माणका लागि स्वीकृति दिएको छ, अब काम अगाडि बढ्छ,’ आयोजनाप्रमुख फणीन्द्र जोशीले भने । प्राधिकरणका अनुसार, वन मन्त्रालयबाट स्वीकृति लिनका लागि पहल गरिएको एक वर्ष ना“घेपछि मात्र टावर निर्माणका लागि स्वीकृति दिइएको हो । ‘वन मन्त्रालयले नै स्वीकृति दिन ढिलाइ गरिदियो, जसले गर्दा ट्रान्समिसन लाइन निर्माणमा धेरै ढिलाइ भएको छ,’ प्राधिकरणका एक अधिकारीले भने ।
सरकारी निकायबीच समन्वय र तालमेल नभएका कारण आयोजनामा ढिलाइ भएको हो । आयोजनाप्रमुखले वनबाट स्वीकृतिमा भएको ढिलाइले सन् २०१२ भित्र ट्रान्समिसन लाइन निर्माण पूरा हुन नसक्ने स्विकारे । ‘जग्गाको मुआब्जालगायतमा समस्या छैन, कुनै अवरोध पनि थिएन, तर वनबाटै स्वीकृति नपाएपछि अब सन् २०१२ भित्र पूरा हुन गाह्रो छ ।’
ठूला क्षमताका ट्रान्समिसन लाइन नबन्दा विद्युत् आदानप्रदानका लागि समस्या परेपछि सो आयोजना प्राधिकरणले निर्माण गर्न लागेको हो ।
२२६ वटा टावरमध्ये बल्ल आठवटा टावरको मात्र निर्माण सम्पन्न भएको छ । करिब १८ करोड ४० लाख रुपिया“को लागतमा बन्नलागेको ट्रान्समिसन लाइन ७५ किमी लामो छ । सरकारी निकायबीच समन्वय नहुदा अलपत्र भएको हेटौडा–भरतपुर ट्रान्समिसन लाइन निर्माणका लागि वन मन्त्रालयस“ग समझदारी भएपछि निर्माणले तीव्रता पाउने प्राधिकरणको आशा छ । टावर निर्माणका लागि अधिकांश जङ्गलीक्षेत्र भएकाले निर्माणमा समस्या भए पनि अब आयोजना निर्माणलाई तीव्रता दिइने जोशीले बताए ।

प्रतिक्रिया