हतियार आयातमा चीनभन्दा भारत अगाडि

न्यूयोर्क, ८ चैत । चीनलाई उछिन्दै भारत विश्वकै सबैभन्दा ठूलो हतियार आयातकर्ता बनेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले हालै सार्वजनिक गरेको प्रतिवेदनमा भारतपछिको स्थान क्रमशः दक्षिण कोरिया, पाकिस्तान, चीन र सिङ्गापुरले लिएको जनाइएको छ ।
सन् २००७ र सन् २०१० को बीचमा हतियारको विश्वबजारमा कुल कारोबारको १० प्रतिशत हिस्सा भारतले ओगटेको प्रतिवेदनमा उल्लेख छ । दक्षिण कोरियाले ६ प्रतिशत, पाकिस्तान र चीनले पा“च–पा“च प्रतिशत र सिङ्गापुरले चार प्रतिशत हिस्सा ओगटेको जनाइएको छ । अगामी १५ वर्षमा भारतले हतियारमा करिब एक खर्ब अमेरिकी डलर खर्च गर्नसक्ने अनुमान गरिएको छ ।
पिस रिसर्च इन्स्टिच्युटका वरिष्ठ विश्लेषक सिमोन वेजम्यानका अनुसार क्षेत्रीय सुरक्षाप्रति भारतको बढ्दो चासो र शक्तिराष्ट्र बन्ने उसको महŒवाकाङ्क्षाका कारण भारतले हतियार आयात बढाएको हो । ‘पाकिस्तानस“गको तनावपूर्ण सम्बन्ध र चीनलाई सम्भावित चुनौतीका रूपमा हेर्ने भारतीय दृष्टिकोणका कारण भारतले बढी हतियार खरिद गरेको हो,’ उनले भने, ‘क्षेत्रीय अथवा विश्वशक्ति बन्ने उसको महŒवाकाङ्क्षा पनि यसका लागि जिम्मेवार छ ।’ युद्धक विमान र पन्डुब्बी खरिदमा भारतले उल्लेख्य रकम खर्चिने गरेको भारतको दैनिक पत्रिका ‘द हिन्दु’ ले जनाएको छ ।
चीनले देशभित्रै ठूलो मात्रामा अत्याधुनिक हतियार उत्पादन गर्ने क्षमता विकास गरेकाले हतियार आयातमा उसले कम खर्च गर्न थालेको बताइन्छ । वेजम्यानका अनुसार गत दुई दशकमा चीनले सुरक्षा निकाय र हातहतियार उद्योगमा क्रमिक विकास गरिरहेको छ ।
‘सन् १९८९ मा तियानमेन स्क्वायरमा चीनले शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमन गरेपछि युरोपेली महासङ्घस“ग आबद्ध राष्ट्र र अमेरिकाले चीनलाई हतियार बिक्री नगर्ने घोषणा गरेका थिए । त्यसपछि हतियार र हतियार उत्पादन गर्ने लाइसेन्स प्राप्त गर्न चीन रुसस“ग निर्भर हुन पुगेको थियो । त्यसयता चीनले देशभित्रै हतियार उत्पादन गर्ने क्षमतामा ठूलो सफलता हासिल गरेको छ,’ उनले भने ।
पिस रिसर्च इन्स्टिच्युटका अनुसार चीन विश्वको छैटौ“ ठूलो हतियार निर्यातकर्ता हो । अमेरिका, रुस, जर्मन, फ्रान्स र बेलायतपछि चीनले अन्य राष्ट्रलाई सबैभन्दा बढी हतियार बिक्री गर्दै आएको छ । पाकिस्तान चीनको सबैभन्दा ठूलो हतियार खरिदकर्तामध्ये एक हो । (सिएनएन)

को बढी शक्तिशाली ?
१. अमेरिका
२. रुस
३. चीन
४. भारत
५. बेलायत
६. टर्की
७. दक्षिण कोरिया
८. फ्रान्स
९. जापान
१०. इजरायल
११. ब्राजिल
१२. इरान
१३. जर्मनी
१४. ताइवान
१५. पाकिस्तान
(स्रोत जिएफपी)

प्रतिक्रिया