उपत्यकामा फेरि बर्ड फ्लु

काठमाडौ, ८ चैत । उपत्यकामा फेरि बर्ड फ्लु देखिएको छ । ललितपुरको सैंबु गाविसमा रहेको धीरेन गुरुङको कुखुरा फर्ममा बर्ड फ्लु देखिएको हो ।
गुरुङको कुखुरा फर्ममा रहेका कुखुराको प्रारम्भिक परीक्षणले बर्ड फ्लु पुष्टि भएपछि बुधबार नै विशेषज्ञ चिकित्सकसहितको टोलीले फर्ममा रहेका कुखुरा र अन्डा नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले भैसेपाटीलाई बर्ड ङ्खलु सङ्क्रमितक्षेत्र घोषणा गरी गुरुङको फर्ममा रहेका तीन सय ८० कुखुरा र एक हजार ६ सय ३० अन्डा नष्ट गरेको हो ।
फर्ममा रहेका कुखुरा चार दिनदेखि झोक्राउने, दाना नखाने तथा मर्नेलगायत समस्या आएपछि गुरुङले कुखुराको प्रारम्भिक परीक्षण गराएका थिए । परीक्षणले बर्ड फ्लु पुष्टि गर्दासम्म फर्ममा रहेका ६ हजार कुखुरामध्ये तीन सय ८० वटा मात्र जीवित थिए । बुधबार पशु स्वास्थ्य निर्देशनालयबाट गएको टोलीले जीवित सबै र पहिले नै मरिसकेका कुखुरालाई वैज्ञानिक तवरले नष्ट गरेको छ ।
निर्देशनालयका वरिष्ठ पशु चिकित्सक डा. नारायण घिमिरेका अनुसार सङ्क्रमित क्षेत्रमा चौबिस घन्टासम्म निगरानी गरिनेछ । ‘सबै कुखुरा तथा अन्डा विषादीको माध्यमबाट मारेर खाडल खनी पुर्दै नष्ट गरेकाछौं,’ उनले भने ।
बर्ड ङ्खलु रोग नियन्त्रण आदेश ०६४ अनुसार जीवाणु देखिएको १० किलोमिटर वरपरको क्षेत्रलाई निगरानीमा राखिन्छ भने तीन किलोमिटर वरपरको क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरिन्छ । यसका लागि कुखुरा मार्न ‘र्‍यापिड रेस्पोन्स टिम’लाई तयारी अवस्थामा राखिन्छ । बुधबार सोही टिमले कुखुरा र अन्डा नष्ट गरेको हो ।
सरकारले नेपाललाई बर्ड फ्लु(एच५एन१) मुक्त राष्ट्र घोषणा गरेको पाच महिना नपुग्दै गत मङ्सिरमा उपत्यकामा पहिलोपटक बर्ड फ्लु देखिएको थियो । सरकारले गत २९ असारमा नेपाललाई बर्ड ङ्खलुमुक्त राष्ट्र घोषणा गरेको थियो । तर, त्यसयता उपत्यकामा लगातार तीनपटक बर्ड फ्लु देखिएको छ । काठमाडौ उपत्यकामा पहिलोपटक लोकन्थलीस्थित मनोहरा खोलानजिकको सुकुम्बासी बस्तीमा चन्द्रबहादुर तामाङले पालेको कुखुरा र हासमा बर्ड फ्लु भेटिएको थियो । त्यसपछि फर्पिङ र डल्लुमा तथा कागमा समेत बर्ड फ्लु देखिएको छ ।
स्वास्थ्य सेवा विभाग, पशु स्वास्थ्य निर्देशनालय, एभियन एन्फ्लुएन्जा नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा बर्ड फ्लु पटक–पटक देखिनुमा बसाइ–सराइ गरी आउने चरालाई शङ्का गरिएको छ । महाशाखाका एक कर्मचारीका अनुसार बर्डफ्लु मुक्त राष्ट्र घोषणा गरे पनि बसाइ सरेर आउने चरा तथा भारतसितको खुला सिमानाका कारण नेपालमा पटक–पटक बर्डफ्लुको समस्या आएको हो ।
सन् १९९७ मा हङकङमा यो रोग पंक्षीबाट मानिसमा सरेको प्रमाणित भएको थियो । यो रोग युरोप हुदै विश्वव्यापी बनेको छ । नेपालमा भने पहिलोपटक सन् २००९ मा बर्ड ङ्खलु भेटिएपछि १० हजारभन्दा बढी कुखुरा तथा हास मारिएका थिए ।
बर्ड ङ्खलुका कारण मारिएका कुखुराका धनीलाई राज्यले क्षतिपूर्ति दिने व्यवस्था छ । लेयर्स जातका कुखुराका निम्ति प्रतिकुखुरा पाच सय रुपैया, बोइलर्सलाई दुई सय ५० र अन्य जातकालाई  सय रुपिया क्षतिपूर्ति दिने नियन्त्रण आदेशमा उल्लेख छ ।

प्रतिक्रिया