राप्ती बन्द फिर्ता, जनजीवन सामान्य


दाङ, ६ चैत । बर्तमान सरकारले पटक पटक गलत निर्णय गरेको भन्दै राप्ती अञ्चल बन्द गरेको राप्रपा नेपाल सम्बद्ध युवा संगठन राष्ट्रिय युवा मोर्चा नेपालले बन्द फिर्ता लिएको छ ।

बन्द फिर्ता भएसंगै राप्ती अञ्चलको पाँचै जिल्लाको जनजिवन सामान्य बन्दै गएको छ । बन्दका कारण अलपत्र बनेका सवारी साधन आआफ्नो गन्तव्य तर्फ लागेका छन् ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाललाई सगरमाथा आरोहणका लागि सरकारले २ करोड रुपियाँ दिने निर्णयगरेको बिरोधमा मोर्चाले राप्ती अञ्चल बन्दको आह्वान गरेको थियो ।

भोलीबाट सुरु हुने एसएलसीलाई मध्य नजर गरी बन्द फिर्ता गरिएको मोर्चाका क्षेत्रीय संयोजक हंशराज केसीले जानकारी दिए ।

प्रतिक्रिया