सहमति कार्यान्वनयमा लागेको छुः गच्छेदार

काठमाडौं, ५ चैत । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा गृहमन्त्री विजय गच्छेदारले सरकार गठनका क्रममा भएका सहमति कार्यान्वनयमा आफू क्रियाशिल रहेको बताएका छन् ।

लामो समय पछि सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकमा गच्छेदारले सहमति कार्यान्वयन गर्ने बिषयमा एकीकृत माओवादी र प्रधानमन्त्री बाबुराम भट्टराईलाई स्मरण गराई रहेको बताए । उनले नेपाली सेनामा मधेसी युवाको सामूहिक प्रवेश, नागरिकताको समस्या लगायतका सहमति कार्यान्वनय हुने दाबी गरेको एक सदस्यले बताएका छन् । बोल्ने क्रम जारी रहेकाले भोली पुनः बस्ने गरेर बैठक स्थगित भएको छ ।

यसैवीच, फोरम लोकतान्त्रिकले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल सम्मिलित सगरमाथा आरोहण टोलीलाई सरकारले २ करोड रकम उपलब्ध गराउन गरेको निर्णय फिर्ता गर्न माग गरेको छ ।

बैठक मुलुकको पछिल्लो राजनीतिक अवस्था, आन्तरिक बिवाद लगायतमा छलफल गर्न बोलाईएको हो । अध्यक्ष गच्छेदारलाई एउटा महत्वपूर्ण पद छाड्न माग गर्दै पार्टी भित्र सभासदले हस्ताक्षर अभियान चलाएका थिए । आन्तरिक बिवादमा रहको फोरम लोकतान्त्रिकका असन्तुष्ट सभासदले गच्छेदारलाई हस्ताक्षर बुझाईसकेका छन् । गच्छेदारले उपप्रधान तथा गृहमन्त्री, रक्षा मन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्ष गरि पाँच पद एक्लैलेले सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया