“नेपाली फुटबल दर्शक दुनियाँकै श्रेष्ठ”

काठमाडौं, २ चैत । ‘नेपाली ˆयान्स आर बेस्ट इन द वल्र्ड -नेपाली दर्शक विश्वकै सर्वोत्कृष्ट छन् ।)’ नेपाली राष्ट्रिय फुटबल टिमलाई विगत एक वर्ष प्रशिक्षण गरेका ग्राहम रोबटर््सले आˆनो कार्यअवधिभर नेपाली फुटबल दर्शकको यसरी नै तारिफ गरिरहे । नेपालबाट बिदाइ हुनु एक दिनअघि बुधबार पनि उनमा समर्थकको प्रभाव उत्तिकै थियो, ‘नेप्लिज ˆयान्स आर रियल्ली ˆयान्टास्टिक -नेपाली समर्थक वास्तवमै बेजोड छन् ।)’
जब-जब नेपाल घरेलु मैदानमा उत्रन्छ, चाहे त्यो क्रिकेटमा होस् वा फुटबलमा, प्यारापिट दर्शकले भरिन्छ । त्यसपछि सुरु हुन्छ, दर्शकको हुटिङ । खेलअगावै राष्ट्रियताले गुन्जायमान हुने मैदानमा जबसम्म घरेलु टोलीको जित तथा सफलताको आशा हुन्छ, त्बसम्म हुटिङ कायम हुन्छ र प्यारापिटमा दर्शकको ठेलमठेल रहन्छ ।
‘विइ रेस्पक्ट नेप्लिज क्राउड -हामी नेपाली दर्शकको सम्मान गछार्ं) ।’ जारी चौथो एएफसी च्यालेन्जकपको समूहचरणमा नेपालले प्रतिस्पर्धा गरेका प्यालेस्टाइन र माल्दिभ्सका प्रशिक्षकको पोस्टम्याच कन्फेरेन्समा एउटै भनाइ थियो । नेपाली दर्शकको उपस्थिति देखेर दुवै प्रशिक्षक नाजवाफ देखिएका थिए । हारका बीच पनि दर्शकको धैर्यतालाई लिएर दुवै प्रशिक्षकले  आफूहरू प्रभावित भएको पटक-पटक दोहोर्‍याए ।
पहिलो खेलमा प्यालेस्टाइनविरुद्ध हार व्यहोर्नुका बाबजुद दोस्रो खेलमा माल्दिभ्सविरुद्ध नेपालको समर्थन गर्न रङ्गशालामा उपस्थित हुने दर्शकको सङ्ख्यामा कत्ति पनि कमी थिएन । दोस्रो खेलमा पनि हार व्यहोर्दै नेपाल अघिल्लो चरण प्रवेश नगर्ने निश्चित भएपछि तुर्कमेनिस्तानविरुद्धको अन्तिम समूह खेलमा रङ्गशालाका दर्शकभन्दा सुरक्षार्थ खटिएका प्रहरी बढी थिए ।
घरेलु मैदानमा नेपाललाई सफलता दिलाउन दर्शकको भेल पछिल्लो समय वास्तवमै बढ्दो छ । एकपछि अर्को गरी प्राप्त सफलता र अन्तर्राष्ट्रिय क्षेत्रमा ती खेलको प्रभावका कारण नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन दर्शक प्रत्यक्ष वा परोक्षरूपमा सहभागी हुने गरेका छन् ।
नेपालमा प्रशिक्षण गर्न आएकामध्ये दर्शकको महत्व कसैलाई थाहा छ भने त्यो सबैभन्दा बढी ग्राहम रोबटर्सलाई नै होला । हुन पनि उनले आˆनो कार्यकालमा दुई छनोटसहित चार प्रतियोगितामा नेपाललाई प्रशिक्षण गरे । तीमध्ये धेरै घरेलु मैदानमै भए । ‘वि हृयाभ बिग क्राउड एन्ड होम ग्राएन्ड -हामीलाई  धेरै दर्शकको समर्थ्ान हुन्छ त्यसमा पनि हामी घरेलु मैदानमा खेल्दै छांै ।)’ घरेलु मैदानमा हुने प्रतियोगितामा टोलीले सफलता हात पार्ने दाबी गर्दै हरेकको पूर्वसन्ध्यामा रोबर्ट्सले भन्न छुटाउादैन थिए ।
रोबटर््सको प्रशिक्षणमा नेपालले विश्वकपको दुई चरणको छनोट खेल्यो । चारमध्येका तीन खेल नेपालमै भए । त्यस्तै एएफसी च्यालेन्जकपको छनोट पनि नेपालमै खेलेको थियो । रोबटर््सको प्रशिक्षणमा नेपालले भारतमा सम्पन्न दक्षिण एसियाली फुटबल महासङ्घ -साफ) च्याम्पियनसिप घरेलु मैदानबाहिर खेलेको थियो । रोबटर््सको विश्वास छ, ‘दर्शकको उपस्थितिले टोलीको आत्मविश्वास बलियो हुन्छ ।’ हुन पनि घरेलु मैदानमा नेपालले जोर्डन र उत्तर कोरियाजस्ता केही निकै बलिया मानिएका टोलीविरुद्ध यसबीचमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
चालु एएफसी च्यालेन्जकपका नेपाल संलग्न दुई खेलबाटै एक करोड रुपियांभन्दा बढी रकम उठाइदिने स्थितिको सृजना नेपाली दर्शकले बनाएर ठूलै सम्भावना देखाइदिएका छन् । ‘नेपालमा फुटबलको अत्यन्तै ठूलो सम्भावना छ,’ रोबटर््सले बुधबार भने, ‘किनभने यहां ठूलो सहयोग र समर्थक छ’ । उनले अन्त्यमा भने, ‘नेपाल इज इन माइ हार्ट एन्ड अल्वेज विल हृयाभ -नेपाल मेरो मुटुमा छ र जहिले पनि हुनेछ ।)’
सायद रोबटर्सको यो ठम्याइमा नेपाली दर्शकको देन कुनै पनि अर्थमा कम छैन । र, उनले यो राम्ररी -सायद हामी सबैभन्दा बढी- बुझेका छन् ।

प्रतिक्रिया