परेलीले छोप्यो उपाधि

हेटौंडा, २ चैत । अघिल्लो संस्करणमा भोगेको पीडालाई बिर्संदै परेली खेल तथा वातावरण समूहले हेटौंडामा भएको लक्ष्मीमाया वज्राचार्य स्मृति जिल्लास्तरीय खुल्ला भलिबलको उपाधिमा कब्जा जमाएको छ ।
बसामाडी जेसिजको आयोजनामा लोकतान्त्रिक मैदान हुप्राचौरमा भएको स्पर्धामा परेलीमाथि जेनिथले पहिलो सेट २०-२५ ले जिते पनि दोस्रो सेटबाट भने परेलीले लगातार खेललाई आˆनो पक्षमा पारेको थियो । अन्ततः परेलीले २०-२५, २५-२१ र २५-२१ को सेटमा जेनिथ इन्टरनेसनल कलेजलाई पाखा लगाएको थियो । विभागीय टोलीका अधिकांश खेलाडी समावेश रहेको परेली स्पर्धाको पहिलो खेलबाटै उपाधिको दाबेदारका रूपमा प्रस्तुत हुंदै आएको थियो । पछिल्लो लाइनबाट प्रहार गरेको बललाई पहिलो लाइनमा खसाल्न माहिर मानिएका विभागीय र साग खेलकुदमा सहभागी भइसकेका परेलीका खेलाडीसामु अन्ततः जेनिथको केही लागेन । परेलीका रोमन श्रेष्ठ, रामाश्वर चौधरी र सुनीलकुमार श्रेष्ठ साग खेलकुदमा सहभागी भइसकेका हुन् ।
प्रतियोगिताका बेस्ट स्पाइकर परेलीका सुनीलकुमार श्रेष्ठ, उत्कृष्ट खेलाडी परेलीका महेन्द्र श्रेष्ठ र बेस्ट लिˆटर जेनिथका रोसन गुरुङ घोषित भए । विजेतालाई मकवानपुरका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले १५ हजार र १० हजार रुपियां नगदसहित सिल्ड एवं प्रमाणपत्र वितरण गरेका थिए । गत २७ फागुनदेखि सञ्चालित प्रतियोगितामा जिल्लाका ११ समूहको सहभागिता थियो । आमाको सम्झनामा प्रतियोगिताको प्रायोजन गर्दै आएका ज्योतिरत्न वज्राचार्यले प्रतियोगितालाई क्रमशः राष्ट्रिय स्तरको बनाउादै लैजाने बताएका छन् ।

प्रतिक्रिया