अभिभावक वेपत्ता भए पछि बालक अलपत्र

सुर्खेत, २ चैत्र । अभिभावक वेपत्ता भएपछि सुर्खेतमा एक बालक अलपत्र परेका छन् । आफ्नो नाम सुनिल बताउने अन्दाजी ७ वर्षीय बालक छिन्चुको हेमन्त सिम्लाती होटलबाट अलपत्र अवस्थामा फेला परेका हुन् ।

होटलमा अलपत्र अवस्थामा रहेका उनलाई होटल साउनीले इलाका प्रहरी कार्यालयमा बुझाएकी थिईन । इप्रकाले बाल हेल्पलाईन सेवामार्फ गत फागुन १६ गते आवाज संस्थामा बुझाएको छ । बालकका आफन्त पत्ता नलागेपछि आवाज संस्थाले आपत्कालिन गृहमा राखेको छ ।

संस्थाका अनुसार बालकले आमाको नाम मिना र कल्पना बताउने गरेका छन् । बालकका आफन्तलाई बालक आफ्नो भएको प्रमाणसहित संस्थामा सम्पर्क राख्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया