द्रविड टेस्ट क्रिकेटका सच्चा ‘रोल मोडेल’

बेङ्गलोर, २७ फागुन । लगातार १६ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेर राहुल द्रविडले शुक्रबार सन्न्यासको घोषणा गरे । उनी २३ वर्षका थिए जतिखेर उनले भारतका लागि पहिलो टेस्टम्याच खेलेका थिए- सन् १९९६ मा क्रिकेटमा पवित्रस्थल मानिने लर्ड्स मैदानमा । र, पहिलो टेस्टमा उनी ९५ रनमा आउट भएका थिए Û यो अवधिमा उनले १ सय ६४ टेस्ट खेले जसमा उनले ३६ शतकसहित १३ हजार २ सय ८८ रन बनाए । अस्टे्रलियाका रिकी पोन्टिङ र दक्षिण अपि|mकाका ज्याक कालिसले पछ्याइरहेको भए पनि टेस्ट क्रिकेटमा उनले भन्दा धेरै रन उनकै समकालीन सचिन तेन्दुलकरले मात्र १५ हजार ४ सय ७० रन बनाएका छन् ।
यही अवधिमा टेस्टमा द्रविडले तेन्लुकरसित मात्रै १९ पटक शतकीय साझेदारी गरे जुन आफैमा विश्वकीर्तिमान हो । उनले र तेन्दुलकरले १ सय ४६ टेस्टमा एकैसाथ खेले जुन अर्को कीर्तिमान हो । समग्रमा उनले विभिन्न १८ साथी खेलाडीसित मिलेर कुल ८० वटा शतकीय साझेदारी गर्न भ्याए । उनी एक मात्र त्यस्ता ब्याट्सम्यान हुन् जसले टेस्ट खेल्ने सबै दस देशविरुद्ध शतक प्रहार गर्न सकेको छ । उनले टेस्टमा लिएको क्याच सङ्ख्या २ सय १० छ जुन अर्को विश्वकीर्तिमान हो ।
यसरी सफलताका अनेक आयाम खडा गरेका द्रविडले अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि इन्डियन पि्रमियर लीग क्रिकेट भने खेल्नेछन् र आउादो अपि्रल ४ देखि सुरु हुने त्यस प्रोफेसनल टी-ट्वान्टी प्रतियोगितामा उनी राजस्थान रोयल्सको कप्तानको रूपमा देखापर्नेछन् ।
द्रविड आˆनो गृहराज्य कर्नाटकका त्यस्ता केही महान् खेलाडीको सूचीका सम्मानित सदस्य हुन् जो खेल, खेलभावना र आत्मविश्वासले गर्दा विश्वस्तरमा चर्चित भए । क्रिकेटर गुन्डप्पा विश्वनाथ, भागवत चन्द्रशेखर, अनिल कुम्बले, जवागल श्रीनाथ र ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणसमेत पर्दछन् । आफूहरू खेलको शिखरमा रहे पनि उनीहरू कहिल्यै चर्चाको दौडमा लागेनन् । पूर्व भारतीय कप्तान सुनिल गावस्करका शब्दमा, ‘द्रविड सबै क्रिकेटरका लागि एक सच्चा आदर्श हुन् ।’
त्यस्तै अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ भन्छन्, ‘द्रविड एकजना महान खेलाडी हुन् । म उनीबाट सधैं प्रेरणा लिने गर्छु ।’ पोन्टिङ पनि द्रविडजस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्छन् । द्रविडको सन्न्यासपछि भारतमा द्रविडको स्थान कसले लिने भन्ने समस्या रहने भएको छ । कोही त आउाछ तर द्रविडको जुन ‘क्लास’ र ‘टेम्परामेन्ट’ छ, त्यसअनुसारको नयाा खोज असम्भव नभए पनि दुरुह भने अवश्य छ । टिकेर खेल्ने र सधैं टिमका लागि खेल्ने विशिष्ट क्षमता भएका द्रविड आधुनिक क्रिकेटका सच्चा ‘जेन्टलम्यान’ हुन् र सच्चा ‘रोल मोडेल’ पनि ।
द्रविडसागै भारतीय ब्याटिङ लाइनअपमा प्रभावशाली चार खेलाडी ‘द फेमस फोर’ थिए- सौरभ गाङ्गुली, तेन्दुलकर र भीभीएस लक्ष्मण । सौरभले पहिले नै सक्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन्, द्रविडले भर्खरै लिए । तेन्दुलकर र लक्ष्मण अझै खेलिरहेका छन् । उनीहरूले पनि आˆना ब्याट थन्क्याएपछि भारतीय क्रिकेटको एउटा युगको अन्त्य हुनेछ । उनीहरू सबैको एउटा खास विशेषता गावस्करका शब्दमा, ‘उनीहरूको खास ब्याटिङ शैली अब कहिल्यै हेर्न पाइनेछैन ।’

प्रतिक्रिया