न्युयोर्कमा होली

न्युयोर्क, २७ फागुन । होलीका अवसरमा न्युयोर्कमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । एसोसिएन अफ नेप्लिज तराइन इन अमेरिकाद्वारा आयोजित कार्यक्रममा नेपाललगायत भारत, घायना तथा अन्य देशका कलाकारहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले विदेशमा नेपाल र नेपालीलाई चिनाउन विविध सांस्कृतिक पर्वको आयोजना गरिनु प्रशंसायोग्य रहेको बताए ।
कार्यक्रममा गायक नरेन्द्र प्यासी, तिलक श्रेष्ठ लगायतले विभिन्न गीतसङ्गीत प्रस्तुत गरेका थिए भने हास्यकलाकार गोपाल नेपाल
-फिस्टे) ले हास्यव्यङ्ग्य प्रस्तुत गरेका थिए । भारतीय कलाकारले होलीसाग सम्बन्धित विभिन्न शास्त्रीय नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष डा. विनोद शाह, न्युयोर्क च्याप्टरका अध्यक्ष अमित शाह लगायतले मन्तव्य राखेका थिए

प्रतिक्रिया