कैलाली, २६ फागुन । संघीयताको बिरोध गर्दै आएको राष्ट्रिय जनमोर्चा नेपालले आज गरेको सेतीमहाकाली बन्दको कारण बिहानैदेखि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण सवारीसाधन चलेका छैनन् भने शिक्षण संस्था, उद्योग, कलकारखाना, व्यापारव्यवसाय पूर्ण रुपमा ठप्प छन् । बन्दकर्ताले पत्रकार, मानवअधिकारकर्मी, विवाह, कुटनीतिक नियोग र सुरक्षाकर्मीका सवारीसाधन बाहेक अन्यलाई सञ्चालन गर्न दिएका छैनन् ।
नेपालजस्तो देशमा संघीय राज्यको आवश्यकता नरहेको र यसले देशलाई टुक्राउने भन्दै राजमोले त्यसको बिरोधमा चरणबद्ध आन्दोलन गर्दै आएको छ । बन्दले कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटीलगायत अन्य जिल्लाको जनजीवन समेत प्रभावित हुन पुगेको छ । गन्तब्यतिर जान वसपार्क गएका सर्वसाधरणहरु बन्द खुल्ने आसामा सवारीसधान कुरेर वसेका छन् ।
बन्दका क्रममा शान्ति सुरक्षा बिग्रन नदिन ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
डोटीमा बन्दकर्ताहरुले राजपुर र पिपल्लाबजारमा प्रदर्शन गरी सरकारी कार्यालय खुल्न दिएका छैनन् । उनीहरुले कार्यालय खुल्न नदिएपछि सयौं सर्वसाधरणहरु खाली हात फर्कन बाध्य भएका छन् ।
प्रतिक्रिया