होलीका दिन कति लापरबाही ?


काठमाडौं, २४ फागुन । होली पर्वका अवसरमा राजधानीमा जथाभावी रुपमा ट्राफिक नियम उलंघन गरेर सवारी साधन कुदाउने साढे चार सय बढिलाई प्रहरीले पक्राउ गरेर कारबाही चलाएको छ । ट्राफिक नियम उलंघन गर्ने सवारी चालक र सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा समेत लिएको जनाएको छ ।
दिउसै मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३१ जना, हेल्मेट नलगाई मोटरसाईकल कुदाउने ९३ जना, सिटबेल्ट नबाँध्ने हेलचेक्राई गर्ने ६८ र अन्य बिभिन्न कसुरमा ३ सय ६२ जनालाई कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी रामशाह पथका निरीक्षक रविन श्रेष्ठले जानकारी दिए । बेलुका सम्म यो तथ्याङक बढ्न सक्ने श्रेष्ठले बताएका छन् । पक्राउ पर्नेमा अधिकांश युवाहरु रहेका छन् ।
होली पर्वका अवसरमा जथाभावी रुपमा मोटरसाईकल र सवारी साधन कुदाउने युवाहरुका गतिविधि नियन्त्रण गर्न र दुर्घटना कम गराउने उदेश्यले राजधानीका बिभिन्न स्थानमा ट्राफिक प्रहरीले चेकप्वाईन्ट राखेको जनाएको छ ।

 

प्रतिक्रिया