हटेन ग्यास अभाव

काठमाडौ, २१ फागुन । लामो समयदेखि ज्री ग्यास अभाव अझै हट्न सकेको छैन । दुई महिनायता ग्यासको चरम अभाव जारी रहेपछि आम उपभोक्ता समस्यामा परेका छन् ।
बोटलिङ प्लान्टले नाफाका लागि होटल, रेस्टुरां, उद्योगलाई सोझै ग्यास बेच्ने गरेका छन् । अभावका बेला उपभोक्ताले ग्यास सञ्चय र केही व्यवसायीले कालाबजारी गर्दा अभाव देखिएको ग्यास बिक्रेता महासङ्घका महासचिव महेश्वर श्रेष्ठ बताउाछन् ।
ग्यास अभावसागै सर्वसाधारण, विद्यार्थी र गृहिणी बिहानैदेखि ग्यास बिक्री डिपोमा धाउन बाध्य छन् । फेब्रुअरीमा आयातीत ग्यास अहिलेसम्मकै उच्च रहेको नेपाल आयाल निगमले बताएको छ । यो महिनामा मात्रै १७ हजार एक सय ७७ मेटि्रक टन ग्यास आयात भएको छ । जनावरीमा ११ हजार पााच सय २६ मेटि्रक टन आयात भएको थियो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक साताभित्र ४० लाख ग्यास ग्राहक कार्ड वितरण गर्ने बताए पनि दुई साता बित्न लाग्दासमेत कुनै तयारी भएको छैन । ‘पूरै उपभोक्तालाई कार्ड वितरण गर्ने कि गरिब तथा विद्यार्थीलाई वितरण गर्ने भन्ने बारेमा अझै टुङ्गो लागेको छैन,’ निगमका प्रवक्ता मुकुन्द ढुङ्गेलले बताए । उनले भने, ‘निगमले विभिन्न उद्योग, कलकारखाना, ठूला होटलमा कति ग्यास खपत हुन्छ भन्ने तथ्याङ्क सङ्कलन गरिरहेको छ ।’
कार्ड वितरणका लागि सार्वजनिक खरिद ऐनको प्रक्रिया अनुसार जानुपर्ने भएकाले लामो समय लाग्ने निगमको भनाइ छ । हाल मुलुकभर ४२ कम्पनीका ग्यास बजारमा छन् । ती कम्पनीसाग करिब ४० लाख ग्यास सिलिन्डर रहेको निगमले जनाएको छ ।
निगमले ग्यास आयतको परिमाण बढेको देखाए पनि बजारमा भने त्यसको प्रभाव परेको छैन । ग्यास आपूर्ति सहज हुने अपेक्षा गरेका सर्वसाधारण ग्यास पाउने आशमा बस्न बाध्य छन् । यता केही बिक्रेताहरूले भने प्रतिसिलिन्डर एक हजार आठ सय रुपियांसम्म लिने गरेको उपभोक्ताहरू बताउाछन् । चाबहिलका उपभोक्ता सौगात पाण्डेले एक हजार आठ सय रुपियाामा ग्यास लिएको बताए ।
बजारमा कालोबजारी बढ्दा पनि सरकार भने अनुगमनलाई तीव्र पारेको मात्रै बताउादै आएको छ । केही समयअघि बजार अनुगमन गरी केही कम्पनीलाई कारबाही गरे पनि कालोबजार भने हट्न सकेको छैन ।
यसैबीच उदयपुरबाट प्राप्त समाचारअनुसार त्रियुगा नगरपालिका क्षेत्रलगायत सदरमुकाम गाईघाटबजारमा ग्यास अभाव चर्केको छ । लामो समयदेखि पर्याप्त ग्यास नपाएकाले महङ्गो मूल्यमा दाउरा किनेर बाल्न बाध्य हुनुपरेको स्थानीय होटल व्यवसायी रमेश कार्की बताउाछन् ।
पटक-पटक जांदा ग्यास डिलरका सञ्चालकले ‘भोलि भोलि’ भनेर ग्यासै नदिएको स्थानीय बजारवासी महेश बस्नेत बताउाछन् । गाईघाट बजारक्षेत्रमा नारायणी, रिजाल र कोसी ग्यास कम्पनीका डिलर रहेका छन् । रिजाल ग्यास डिलरका बिक्रेता हरेराम साहका अनुसार ‘कम्पनीले ग्यासै पठाउादैन, हामीहरूले मात्र भनेर केही हुादैन ।’

प्रतिक्रिया