खोजखबर

संघीयताकै कारण संविधान बन्दैनः अध्यक्ष केसी

सौर्य अनलाइन २०६८ फागुन १९ गते ११:२० मा प्रकाशित

बागलुङ, १९ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघीयताकै कारण मुलुकमा संविधान नबन्ने निश्चितता भएको दाबी गरेका छन् ।
राष्ट्रिय जनमोर्चा बागलुङको चौथो जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै केसीले २ वर्षका लागि गठन भएको संविधानसभाले पटक–पटक म्याद थप गरेरपनि संविधान निर्माण गर्न नसक्नु राज्यको पुनसंरचना र शान्ति प्रक्रिया भएको बताए । उनले बाकी ८६ दिनमा संविधान जारी गर्न संघीयताको मुद्धा खारेज गर्नुपर्ने बताए ।
राज्य पुनसंरचना आयोगले बागलुङ जिल्लालाई ४ प्रदेशमा विभाजन गरेकोमा बिरोध गर्दै अध्यक्ष केसीले १ सय ३ थरी जाती भएको देशमा आठ दस वटा जातीको राज्य बनाउँदा मुलुकमा गम्भिर समस्या उत्पन्न हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय