नेताका कारण संविधान बन्न सकेनः उपराष्ट्रपति

बारा, ११ फागुन । उपराष्ट्रपति परमानन्द झाले दलका नेताहरुकै कारण संविधान लेखनामा समस्या उत्पन्न भएको बताएका छन् ।
बाराको प्रस्टोका बेलहीयामा बिहिबार विष्णु महायज्ञको उदघाटन गर्दै उपराष्ट्रपति झाले नेताहरुको  व्यक्तिगत र पार्टीगत स्वार्थका कारण संविधान निर्माणमा समस्या भएको आरोप लगाए । उनले भने, ‘राजनीतिक दलका नेताहरु शान्ति र संविधान लेखन प्रकृयामा भन्दा व्याक्तिगत स्वार्थमा बढी अल्झिएका छन ।’
उपराष्ट्रपति झाले दलका नेताहरुले स्वार्थ त्याग्न सके अझै पनि समयै संविधान जारी गर्न सकिने बताएका छन् ।
समाजमा अहिले कायम रहेको जातीय भेदभाव अन्त्यका लागि राजनीतिक दलहरुले संयुक्त रुपमा अभियान चलाउन आवश्यक रहेको उपराष्ट्रपति झाको भनाई थियो । उनले एक अर्काको धर्मप्रति सबैले सदभाव र सहिष्णुता राखे मात्र राष्टियता बलियो बन्ने बताएका छन् ।
शिक्षाको अभावका कारण मधेश पिछडिएको भन्दै झाले मधेशलाई सबल बनाउन राजनीतिक नेतृत्वले बढी जोड दिनु पर्ने बताएका छन् ।

प्रतिक्रिया