सेनाको समायोजन प्रस्ताव सकारात्मकः कांग्रेस र एमाले


काठमाडौं, ११ फागुन । दुई विपक्षी दल कांग्रेस र एमालेले सेना समायोजनका बिषयमा नेपाली सेनाले पछिल्लो पटक सार्वजनिक गरेको धारणाप्रति सहमति जनाउदै स्वागत गरेका छन् ।
सिंहदरबामा आज बसेको कांग्रेस र एमालेका प्रमुख नेताहरुको बैठकले नेपाली सेनाको प्रस्तावको स्वागत गरेको नेताहरुले बताएका छन् । शान्ति प्रक्रिया सात बुँदे सहमतिकै आधारमा गर्नुपर्ने दुई विपक्षी दलले सहमति गरेका छन् ।
नेपाली सेनाले हालै प्रेस विज्ञप्ती जारी गरेर समायोजन हुने लडाकुलाई व्यक्तिगत मापदण्डका आधारमा छनौट गर्ने, समूहगत प्रवेश नगराउने, सेनाको मातहतमा महानिर्देशनालय गठन गर्ने लगायतका बिषय सार्वजनिक गरेको थियो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले नेता भीम रावलले सेना समायोजनमा नेपाली सेनाको प्रस्ताव सकारात्मक रहेको बताए ।
लडाकुको सामुहिक प्रवेशको बिरोध गर्दै आएका कांग्रेस र एमालेले शान्ति प्रक्रियालाई छिटो अघि बढाउन माओवादीलाई आग्रह गरेका छन् । उनीहरुले शान्ति र संविधानलाई छिटो टुङगाएर समयमा संविधान जारी गर्नुपर्ने जनाएका छन् ।

प्रतिक्रिया