मधेसी मोर्चा विघटन गर्न दबाब

काठमाडौ, ६ फागुन । पांचवटा मधेसी दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विघटनको माग उठ्न थालेको छ । मोर्चामा आबद्ध दलका दोस्रो तहका नेताहरूले मोर्चाका कारण मधेसका मुद्दा ओझेलमा परेको भन्दै विघटनको माग गर्न थालेका हुन् ।
मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)का नेता शरत्सिंह भण्डारी मोर्चाको औचित्य समाप्त भइसकेको बताउाछन् । ‘मोर्चाले मधेसका मुद्दालाई कार्यान्वयन गराउन सकेन । यो सरकारमा जाने भर्‍याङमात्र बनेको छ,’ नेता भण्डारीले भने, ‘त्यसैले मोर्चा विघटन हुनुपर्छ । यसले मधेसका मुद्दालाई झन् कमजोर बनाउाछ ।’
मधेसका मुद्दाहरूलाई संयुक्त रूपमा अघि बढाउन २०६४ सालमा मधेसी जनअधिकार फोरम, तराई-मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीले मोर्चा गठन गरेका थिए । अहिले त्यसमा फोरमबाट अलग भएका फोरम -लोकतान्त्रिक) र फोरम -गणतान्त्रिक) तथा तमलोपाबाट अलग भएको तमलोपा नेपाल सहभागी छ । फोरम नेपाल भने एक वर्षअघि नै मोर्चाबाट अलग भइसकेको छ ।
अहिले तमलोपा बाहेक चारवटै दलका अध्यक्षहरू सरकारमा सहभागी भएका छन् । तमलोपाका अध्यक्ष महन्थ ठाकुर सरकारमा नगएर उपाध्यक्ष हृदयेश त्रिपाठीले सरकारमा पार्टीको प्रतिनिधित्व गरेका छन् । पार्टीका अध्यक्षहरू नै सरकारमा गएपछि सरकारले गरेको कामको मूल्याङ्कन गर्न अप्ठ्यारो परेको दोस्रो तहका नेताहरू बताउाछन् ।
मोर्चाका बैठकमा पनि अध्यक्षहरू नै सहभागी हुन्छन् । अध्यक्षहरूको रोजाइमा नपरेका व्यक्तिहरू बैठकमा सहभागी हुन पाउादैनन् । ‘मधेसी मोर्चा अध्यक्षहरूको प्रालिजस्तो भयो । मधेसका मुद्दामा यसले कुनै काम गरेको छैन,’ भण्डारी भन्छन् ।
सरकार परिवर्तनका बेलामात्र मोर्चा सक्रिय हुने र अघि-पछि औपचारिकताका लागि बैठक बस्ने गरेको मोर्चाका असन्तुष्ट नेताहरूको आरोप छ । ‘मोर्चाको काम सरकार बनाउने र सरकार ढाल्ने मात्र देखिएको छ यो विघटन हुनुपर्छ,’ फोरम -गणतान्त्रिक)का प्रमुख सचेतक चन्दि्रका यादवले भने, ‘मोर्चा गठनको उद्देश्य पूरा हुन सकेन ।’
मार्चाका शीर्ष नेताहरूको बैठकलाई सहयोग गर्न र बैठकमा प्रस्तुत हुने एजेन्डा तय गर्न गठित सहयोग समितिले केही दिनअघि मोर्चा सरकारमा बस्ने औचित्य समाप्त हुादै गएको निष्कर्षसमेत निकालेको थियो । उक्त समितिमा मोर्चाका दोस्रो तहका नेताहरू सहभागी छन् ।
फोरम -लोकतान्त्रिक)का वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले मोर्चा मधेशका मुद्दाहरूमा गम्भीर नभएको बताए । ‘मधेसका मुद्दाहरू कार्यान्वयन गर्न मोर्चा गम्भीर भएन । यस कारण मधेसका मुद्दाहरू ओझेलमा परे,’ यादवले भने ।

प्रतिक्रिया