महानगरपालिकासँग तीनवटा मात्रै दमकल

काठमाडौं, ६ फागुन । गर्मीयाम सुरु भएसागै आगलागीको जोखिम पनि बढ्न थाल्छ । सावधान रहनोस् । आगलागी भयो भने नियन्त्रणका लागि काठमाडौं महानगरपालिकासाग पर्याप्त मात्रामा दमकललगायतका स्रोतसाधन छैन ।
२४ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ्लको पूर्वतर्फको घांसे मैदानमा आगलागी हुादा आगो नियन्त्रण गर्न दुई घन्टाभन्दा बढी समय लाग्यो । आगो नियन्त्रण गर्न नौवटा दमकल प्रयोग गरिएको थियो । तीमध्ये महानगरपालिकाको दमकल दुईवटा मात्र थियो । विमानस्थलमा खटिएका डीआईजी नारायण बस्ताकोटीका अनुसार त्यो आगो निभाउन नौवटा दमकल अपुग भयो ।
हाल महानगरपलिकाका तीनवटा दमकल मात्र प्रयोगमा छन् । चारमध्ये एउटा दमकल केही समयअघि बिगि्रएर थन्किएको छ । ललितपुर उपमहानगरपालिकासाग रहेको दमकल पनि थन्किएको छ । भक्तपुरको दमकल थोत्रो भएकाले काठमाडौ ल्याउन समस्या छ ।
महानगरपालिकाअनुसार, ३९ जना अग्निनियन्त्रकको समूहले काठमाडौंमा आगलागी भए निभाउने काम गर्छ । त्यो सङ्ख्या निकै कम भएको महानगरपालिकाका अधिकारीहरू बताउाछन् । हालकै अवस्थामा काठमाडौामा आगलागी भए आगो निभाउन कम्तीमा १० वटा दमकल र सय जना अग्निनियन्त्रक चाहिने महानगरपालिकाको कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले बताए ।
आगलागी नियन्त्रणका लागि महानगरपलिकाले काठमाडौाभित्र १५ देखि ३० मिनेटसम्म पुग्ने गरी रणनीति तयार गरे पनि आवश्यक उपकरणको अभावमा समस्या हुने गरेको कार्यान्वयन महाशाखाले जनाएको छ ।
महानगरपालिकासाग अग्ला घरमा आगलागी भए आगो निभाउन सक्ने स्रोतसाधन पनि छैन । सात तलासम्मका घर कभर हुने स्रोतसाधनमात्र महानगरसाग छ । त्यसभन्दा माथिका घरमा आगो लागे त्यसको नियन्त्रण कसरी गर्ने भन्नेमा महानगरपालिका अधिकारी नै अन्योलमा छन् ।
‘कोर सिटी’ भनिने टुाडिखेलभन्दा पश्चिम र विष्णुमतीपूर्वका अधिकांश भागमा दमकल नै नपुग्ने अवस्था रहेको पनि महाशाखा प्रमुख सापकोटाले बताए । कामपाका वडा नम्बर ११, १२, २१, २२, २३ मा दमकल लैजान सकिादैन । त्यसैगरी, २४ देखि २९ नम्बर वडामा पनि दमकल पुग्दैन ।
उनले महानगरपालिकाले आवश्यक दमकलको व्यवस्थापन गर्न नसकिरहेको स्वीकार गरे । उनका अनुसार बेलायत र इटालीजस्ता देशसाग दमकल सहयोग गर्न आग्रह गरिएको छ ।
महानगरपालिकाको नीति तथा कार्यक्रममा दमकल सेवालाई सुदृढीकरण र आधुनिकीकरण गर्न स्रोतसाधन र मानवीय क्षमता अभिवृद्धि गरी सहरका चार क्षेत्रबाट सेवा थाल्ने उल्लेख भए पनि त्यसलाई ‘कार्यक्रममा मात्र राखिएको’ स्रोत बताउाछ । स्रोतका अनुसार आवश्यक बजेट नहुादा कार्यक्रम कार्यान्वयनमा समस्या भएको हो । नीति तथा कार्यक्रममा कोटेश्वर, महाराजगन्ज र टेकुबाट दमकल सेवा थाल्ने उल्लेख भए पनि त्यसका लागि प्रारम्भिक काम समेत हुन सकेको छैन ।

प्रतिक्रिया