करोडौको धितो जग्गा लिलामीमा

गणेश लम्साल
विराटनगर, ९ फागुन । ग्लोबल बैंक विराटनगर शाखाले समयमा सांवा र व्याज भुक्तानी नगरेको भन्दै धितो लिलामी गरेको छ ।
तर ऋणीले विधिसम्मत तरिकाले आफ्नो धितो लिलामी नभएको भन्दै लिलाम बदरको मागसहित दायर गरेको रिटमा पुनरावेदन अदालत विराटनगरले ऋणीको पक्षमा उत्प्रेषण आदेश जारी गरेपछि सो लिलामी विधिसम्मत नभएको देखिएको हो ।
विराटनगरको सुपर अटो वर्कसले धितो राखेको करोडौ मूल्यको जग्गा बैंकले लिलामी गरेको भन्दै दायर गरेको रिटमा अदालतले लिलामी प्रकृया विधिसम्मत नदेखिएकाले तत्कालाई बेचबिखन, हस्तान्तरण, धितो बन्धक केही पनि नगर्नू/नगराउनू भनी मुख्य न्यायाधीश गोपालप्रसाद पराजुलीले दिएको आदेशमा उल्लेख छ । आदेशमा ऋणीलाई रोहवरमा नराखी लिलाम गरेको र ऋणीले सांवा र व्याज तिर्न चाहादा चाहादै पनि अटेर गरेर लिलामी गरेको पाइएकाले  लिलामी प्रकृया विधिसम्मत नभएको भनेको छ ।
योभन्दा अघि बैंकले एलिस गुरुङलाई जग्गा हस्तान्रतण गरेको  थियो । ग्लोबल बैंक विराटनगर शाखाका प्रबन्धक अनुप घिमिरेले आफूहरुले विधिसम्मत रुपले नै धितो लिलामी गरेको दाबी गरे । उनले भने, ‘मुद्दा जसले पनि हाल्न पाउाछ, अदालतको आदेशलाई हामी कानुनी रुपले नै हल गर्छौ।’
लिलामी प्रकृयाको कागजात हेर्दा सुपर अटोले तीन वर्षअघि विराटनगर १५ जनपथ टोलमा रहेको दुई कट्ठा पांच धुर  घरजग्गा घितो राखेर एक करोड २४ लाख ऋणलिएको थियो । ऋणी अटोले दुई वर्ष निरन्तर बैंकको सर्तअनुसारको ब्याज बुझाएको थियो । तर तेस्रो वर्ष  ब्याज बुझाउन ढिलाइ गरेपछि बैंकले लिलामी गरको देखिन्छ ।
यता सो जग्गामा बैंक आफैले एक करोड ४९ लाख मूल्य कायम गरेको थियो । तर लिलामी ९२ लाख ५१ हजारमा गरिएको छ । लिलाम सकार्ने गुरुङले भने मालपोत कार्यालयमा रजिस्ट्रेसन पास गराउादा एक करोड २० लाख १५ हजार १० रुपियाा कायम गरेको मालपोतको अभिलेखमा छ ।

प्रतिक्रिया