एमाले प्रतिनिधि परिषद प्रचार प्रसार तिब्र

काठमाडौं, ६ फागुन । बुटवलमा सम्पन्न महाधिवेशन पछि पहिलो पटक हुन लागेको राष्ट्रिय प्रतिनिधि परिषदको बैठकका लागि एमालेले तयारीका साथै प्रचार प्रसार तिब्र बनाएको छ ।
फागुन २१ देखि शुरु हुने राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । तीन दिन सम्म राजधानीमा चलेको केन्द्रीय कमिटी बैठकले पनि परिषद्को तयारीका लागि छलफलका एजेण्डा तय गर्नुका साथै बिभिन्न निर्णय गरेको छ ।
परिषद् भेलाको उद्घाटन समेत भब्य बनाउन एमालेले राजधानी लगायत मुलुक भरी प्रचार प्रासरको कामलाई तिब्र बनाएको छ । काठमाडौंमा हुने उद्घाटन सत्रमा कार्यकर्ता उल्लेख्य सहभागी गराउन एमालेले प्रचार प्रसारका लागि घरदैलो अभियान समेत चलाएको छ ।
एमालेका नेता कार्यकर्ताले राजधानीका गाउँ, टोल र चोकहरुमा प्रचा बाँड्ने, निम्तो दिनेलगायतका कार्यक्रम गर्ने गरेको सचिव ज्ञवालीले बताउनुभयो । पार्टी भित्र शीर्ष नेताहरुबीच देखिएको कटुतालाई अन्त्य गर्ने प्रयास गरेको एमालेले नेताहरुमा एकता समेत गराई दिएको दाबी गरेको छ ।

प्रतिक्रिया