पूर्वपञ्चहरूको कोठेगफ,राजालाई राजनीतिमा ल्याउ

भुवन शर्मा, काठमाडौं, ८ फागनु । ‘राजाले पार्टी खोलेर राष्ट्रपति चुनावमा लडे भने जित्लान् ?’ राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोधे । ‘मलाई त जित्छन् भन्ने लाग्छ,’  राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विश्वबन्धु थापाले अनुमान लगाए । त्यसपछि कमल थापाले हौसिँदै भने, ‘त्यसो भए राजनीतिमा ल्याएर चुनावमा उठाऔँ न त !’ यो संवाद  आइतबार भक्तपुर लोकन्थलीस्थित लोकेन्द्रबहादुर चन्दको निवासमा भएको हो । पूर्वपञ्चका तीन पार्टी राप्रपा, राजपा र रापप्र ा नपे ालबीच एकीकरण गर्ने विषयमा  छलफल गर्न नेताहरू त्यहाँ भेला भएका थिए । स्रोतका अनुसार छलफलको एजेन्डा नभए पनि पूर्वराजालाई राजनीतिमा ल्याउने विषयमा त्यहाँ गम्भीर कुराकानी भयो । छलफलमा राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा, राष्ट्रिय जनशक्तिका अध्यक्ष सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापासहित राप्रपा नेता चन्द, थापा र राजेश्वर  देवकोटा सहभागी थिए । पूर्वराजालाई राजनीतिमा ल्याउने कुरा उठेपछि राप्रपाका देवकोटाले चित्त बुझाएनन् । ‘राजाले हामीलाई दुःख मात्र दिए,’ उनले गुनासो गरे, ‘हाम्रो पार्टी उनैले फुटाएका हुन्,  अझै कति राजालाई बोकेर हिँड्ने ?’ राप्रपा अध्यक्ष राणाले मुलुक गणतन्त्रमा गइसकेकाले राजा फर्काउन सक्ने सम्भावना अब नरहेको निष्कर्ष सुनाए । जनशक्ति अध्यक्ष थापाले  यसमा सही थाप्दै राजसंस्था फर्कन नसक्ने भएकाले राजाले अब पार्टी खोलेर राजनीतिमा आउनुपर्ने धारणा राखे । ‘राजसंस्था ब फर्कंदैन, राजा राजनीतिमा सक्रिय भए हुन्छ,’ थापाले भने ।

एकीकरणको कसरत

पूर्वपञ्चका तीन पार्टी राप्रपा, राप्रपा नेपाल र राजपाबीच एकीकरणको प्रयास केही दिनयता तीव्र पारिएको छ । यद्यपि, राजसंस्थाको विषयमा मतैक्य नहुँदा ठोस प्रगति हुन  सकेको छैन । ‘तपाईंहरू एक ठाउँमा बस्नुहोस्, छलफल गर्नुहोस्, कुरा मिलाउनुस् भनेर हामीले ६ जना बढू ालार्इ  छलफल गर्न  लगाएका हा,ँै ’  राप्रपा नेपालका सहअध्यक्ष  पद्मसुन्दर लावतीले भने, ‘छलफल सुरु भएको छ । कुरा मिल्छ होला ।’ राप्रपा र राजपाले गणतन्त्रलाई स्विकारिसकेका छन् भने राप्रपा नेपाल संवैधानिक    राजतन्त्रलाई अझै आत्मसात् गरिरहेको एक्लो दल हो । उसले अन्य दुई दललाई पनि संवैधानिक राजतन्त्रमा फर्काउन प्रयास गरिरहेको छ । राप्रपा नेपालका सहअध्यक्ष  लावतीलगायतका नेताले एकीकरण नगरे आफूहरूले अर्को बाटो खोज्ने चेतावनी दिन थालेपछि पार्टी अध्यक्ष थापा पनि एकीकरणप्रति लचिलो हुन थालेका छन् । यसअघि  थापाले राप्रपा र जनशक्तिसंँग एकीकरण हुनै नसक्ने  अडान राख्दै आएका थिए । सहअध्यक्ष लावतीले अध्यक्ष थापा यही फागुन १५ गतेभित्र एकीकरणका लागि तयार  नभए पार्टीका दुई सभासद् बबिता मोक्तान र रामनारायण सिहं लार्इ  लिएर ‘अर्का े विकल्प खाज्े न’े धम्की दिएका छन् । ‘राप्रपा र जनशक्तिका नेताहरूले पनि विगतमा  राजा मानेकै हुन् । त्यसैले तीन पार्टी एक हुनै पर्छ,’ लावतीले भने । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन पार्टी एक हुनका लागि छलफल र गृहकार्य सुरु भएको

तर, संवैधानिक राजतन्त्रको धरातालमा मात्र एकीकरण गर्न सकिने उनको अडान छ । ‘हाम्रो बटमलाइन संवैधानिक राजतन्त्र हो । यसमा मात्र राप्रपा र जनशक्तिसँंग एकीकरण हुन सक्छ,’ थाापाले भने । राप्रपा र जनशक्तिले यही फागुन २७, २८ र २९ गत े काठमाडामँै ा संयुक्त कार्यकर्ता भेला बोलाएका छन् । भेलामा राप्रपा र  जनशक्तिका दोस्रो तहका केही नेताले सांस्कृतिक राजाको प्रस्ताव राख्ने भएका छन् । यो प्रस्ताव पारित भएमा राप्रपा र जनशक्तिसँग एकीकरणका लागि बाटो सहज हुनेछ । राप्रपा नेता चन्दले राजतन्त्रको विषयमा छलफल अझै प्रवेश नभएको बताए । उनले भने, ‘छलफल सुरु भएको छ, तीन पार्टी एक हुनुपर्छ भन्ने भावना सबैमा देखिएको छ ।’  राप्रपा र राजपाले दुई वर्षपहिले नै एकीकरणको घोषणा गरिसकेका छन् । अहिले यी दुवै पार्टीले संयुक्त रूपमा गाउँ, क्षेत्रीय र जिल्ला अधिवेशन गर्दै छन् । अधिवेशन भएका  कमिटीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी राख्ने सहमति भएको छ ।

प्रतिक्रिया