नयाँ चुनावमा जाऔः उपाधयक्ष भण्डारी

चितवन, ८ फागुन । एमाले उपाध्यक्ष विद्या भण्डारीले नेपाली सेनाको प्रचलित मापदण्ड वाहिर गएर सेना समायोजन ह्न नसक्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपालले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले लडाकुलाई सेनामा समायोजन गर्दा व्यक्तिगत रुपमा सेनाको मापदण्ड पुरा गर्नु पर्ने बताउनुभयो । उपाध्यक्ष भण्डारीले एक लडाकु एक हतियारको मापदण्डपनि लागू गर्नुपर्ने बताउनुभएको छ ।
थपभएको समयमा पनि संविधान बन्ने आधार सकिदै गएको दाबी गर्नुभएकी नेतृ भणडरीले नयाँ निर्वाचन गर्न सुझाव दिनुभएको छ ।
माओवादीको नालायकीपनाका कारण चारवर्ष संविधान नबनाई त्यत्तिकै वितेको नेतृ भण्डारीको भनाई थियो । उहाँले राजनीतिक दलहरुको असहमतिमा संविधान जारी भए त्यसले द्वन्द्व निम्तन चेतावनी समेत दिनुभएको छ ।
उहाँले माओवादी लडाकूलाई सेना समायोजन गर्दा अधिकतम मेजर पदसम्म दिनु पर्ने भन्दै त्यो भन्दा माथि कदापी दिन नहुने बताउनुभयो ।
एमाले पोलिट व्यूरो सदस्य प्रदीप नेपालले मुलुकलाई संघीयतामा लगे युद्ध निम्तने चेतावनी दिनुभएको छ । उहाँले सानो देश संघीयताले ग्रामिण क्षेत्रमा युद्ध निम्ताउने दाबी गर्नुभयो । ज्ञवालीले भन्नुभयो, ‘संघीयतामा गाउँ गाउँमा झडप हुन्छ ।’
एमाले नेता नेपालले राज्य पुनर्संरचना आयोगले अहिले तयार पारेको प्रतिवेदन पछि विरोध हुनु मुलुकलाई संघीय राज्य अफापसिद्ध भएको दाबी गर्नुभयो । संघीयताको विरोधमा पार्टीको पोलिट व्यूरो वैठमा समेत आफूले प्रस्ताव राखेको नेपालको भनाई थियो ।
राज्य पुनर्संरचनाका विषयमा विवाद उत्पन्न भएपछि त्यसलाई थाती रखेर संविधान जारी गर्नु पर्ने नेता नेपालले सुझाव दिनुभएको छ ।

प्रतिक्रिया