दाङमा जिप दुर्घटना

दाङ, १७ फागुन । दाङमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घोराही सिमेन्ट उद्योगको बा ६ च ६५३९ नम्बरको जिप दाङको काभ्रे ५ हात्तीगैरा भन्ने स्थानमा दुर्घटना हुदा काभ्रे ४ का ३० बर्षीय बिष्णु घर्तीको घटना स्थलमै र काभे्र ४ का १६ बर्षीय धनिराम बिकको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परि ४ जना गम्भिर घाइते भएका छन भने अन्य दुई जनाको अबस्था सामान्य छ । दुर्घटनामा काभे्र ४ का २८ बर्षीय देबिराम कवर, ३२ बर्षीय कासिराम बुढा, १८ बर्षीय लुमबहादुर रेग्मी र काभ्रे ५ का १३ बर्षीय दिलबहादुर पुनको अबस्था गम्भिर रहेको छ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
काभ्रे ५ का १२ बर्षीय लुमबहादुर पुन र १४ बर्षीय बिजय नेपालीको भने राप्ती उपक्षेत्रीय अस्पताल घोराही मै उपचार भैरहेको छ ।
सिमेन्ट उद्योगको चुनढुङगा खानीमा कार्यरत मजदुरलाई घरतर्फ छोड्न काभ्रे ६ तापा जादै गरेको जिप गएराती १२ बजे दुर्घटनामा परेको हो ।

प्रतिक्रिया