भारतीय जेलमा २७ नेपाली महिला

काठमाडौं, फागुन । भारतको उत्तार प्रदेशको बहराइच कारागारमा २७ नेपाली महिला अझैपनि कारागारामा जीवन बिताउन बाध्य भईरहेका छन् ।
बन्धक २७ महिला नेपाली कानूनी सहायताका लागि आग्रह गरिरहेका छन् । बहराईच जेलका सुपरिन्टेन्डेन्ट एके सिंहले बहराईच कारागारमा चीन् बालबालिका र २७ महिला सहित ६७ जना नेपाली बन्दी रहेको जानकारी दिएका छन् । बन्दी महिला मध्ये ९० प्रतिसत महिला चरेस तस्करीमा पक्राउ परेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
मानव तस्करीका क्षेत्रमा काम गर्दै आएको माईती नेपालको क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार चरेस भरीयाका रुपमा भारतमा पक्राउ परेका महिलाले अदालतमा वकालत गर्ने मानिस नपाउदा बन्दी जीवन बिताउन बाध्य भएका हुन् ।

प्रतिक्रिया