अर्थबजार

लोडसेडिङ एक घण्टा कम

सौर्य अनलाइन २०६८ फागुन १५ गते १२:१० मा प्रकाशित

काठमाडौं, १५ फागुन । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय पुनः एक घण्टा कम गराएको छ । आजदेखि लागू हुने गरि दैनिक एकघण्टा लोडसेडिङ घटाएर कार्यतालिका परिवर्तन गरेको प्राधिकरणले जनाएको छ ।
नयाँ तालिका अनुसार अब हप्तामा ६८ घण्टा मात्र लोड सेडिङ हुने छ । हप्तामा एक दिन ११ घण्टा, तीन दिन १० घण्टा र तीन दिन ९ घण्टा विद्युत आपूर्ति बन्द हुने छ । यसअघि हप्तामा ७५ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
बिद्युत चुहावट हुने क्षेत्रमा भने प्राधिकरणले लोडसेडिङको समय बृद्धि गरेको छ । अत्याधिक चुहावट हुने क्षेत्रमा प्राधिकरणले लोडसेडिङको समय बढाउदै आएको छ ।

प्रतिक्रिया