कांग्रेसको पक्षमा लहर: प्रकाशमान

काठमाडौ, २४ कात्तिक । नेपाली काग्रेसका महामन्त्री प्रकाशमान सिंहले एनेकपा (माओवादी)ले ठूलो दलको हैसियतमा पाएको नेतृत्वदायी र समन्वयकारी भूमिका विगतमा निर्वाह गर्न नसक्दा संविधानसभा विघटन भएकाले अबको संविधान बनाउने जिम्मेवारी र नेतृत्व काग्रेसको काधमा आएको जीकिर गरे ।
“माओवादीले ठूलो दलको हैसियतले निर्णायक, जिम्मेवार र समन्वयकारी भूमिका विगतमा खेल्न सकेन, त्यसैले संविधान निर्माणका लागि नेतृत्वदायी र ऐतिहासिक भूमिका निर्वाह गर्न अहिलेको निर्वाचनमा उपत्यकामात्र हैन हिमाल, पहाड, तराई सबै क्षेत्रमा काग्रेसको पक्षमा लहर आएको छ”, महामन्त्री सिंहले भने । शनिवार आयोजित कार्यक्रममा महामन्त्री सिंहले २०४६ सालको जनआन्दोलनपछि एक वर्षमै संविधान दिएर आमनिर्वाचन र स्थानीय निकायको निर्वाचन गरेको कााग्रेसको सफल भूमिकाका कारण यस पटक जनतामा फेरि कााग्रेसकै पक्षमा जनविश्वास बढेको धारणा राखे । उनले स्थापनाकालदेखि नै काग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै धर्मनिरपेक्षतामा धार्मिक स्वतन्त्रता रहे पनि कसैको धर्म परिवर्तन गर्न नपाउने भएकाले धार्मिक स्वतन्त्रताका लागि पनि आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ काग्रेसलाई नै मत दिन आग्रह गरे ।
उनले आचारसंहिता पालनामा निर्वाचन आयोग कडाइका साथ प्रस्तुत हुनुपर्ने बताउदै आयोगले स्थायी मतदाता परिचयपत्र दिने भनेकामा त्यो दिन नसकेर अस्थायी परिचयपत्र पनि अहिलेसम्म दिन नसकेकाले उसको काम कारबाही एवम् विश्वसनीयतामाथिसमेत शङकास्पद भएको धारणा राखे । महामन्त्री सिंहले निर्वाचनका बेला गरिने बन्द हडताल नागरिकको मत खसाल्न पाउने स्वतन्त्रतामाथिको हनन् एवम् अलोकतान्त्रिक चरित्र हो भन्दै काग्रेसले संविधानसभा भित्र र बाहिर रहेका दलहरूसमेतको सहमति एवम् जायज मागलाई सम्बोधन गरी एक वर्षभित्रै संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकाले निर्वाचन प्रक्रिया बाहिर रहेका दलहरूले पनि यसमा शङ्का नगर्न आग्रह गरे ।

प्रतिक्रिया