काठमाडौंमा ज्याकारान्डाको फूलले थपेकाे सौन्दर्य (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यका अहिले ज्याकारान्डा फुलेर बैजनी रङको बनेको छ । सडक किनारमा ढकमक्क फुलेको ज्याकारान्डाले शहरको सौन्दर्य त बढाएको छ नै । मानिसहरुलाई मन भुलाउने माध्यम पनि बनेको छ ।

फूल हेरेर रमाउनेदेखि फोटो खिच्ने तथा भिडियो बनाउनेहरु थुप्रै देखिन्छन् । कतिपयले ज्याकारान्डाको बैजनी रंगसँग मिल्ने कपडामा सजिएर टिकटक बनाउने गरेका देखिन्छन् । सडक किनारमा मात्र नभई निर्माणाधीन पुलमाथि समेत चढेर जोखिम मोलेर दृश्य कैद गरिरहेका देखिन्छन् ।

पैसा लिएर ज्याकारान्डाको पृष्ठभूमिमा फोटो र भिडियो खिचिदिने व्यावसायिक फोटोग्राफरले समेत राम्रो आम्दानी गरिरहेका छन् ।– तस्विरहरू नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया