सरकारविरुद्ध सर्वोच्च गए कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारविरुद्ध सर्वोच्च अदालत गएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि घिसिङ बुधबार सर्वोच्च गएका हुन् ।

घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च घिसिङ सरकारले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरेको भन्दै सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनःस्थापना गर्नुपर्ने उनको माग गर्दै सर्वोच्चमा पुगेका छन् ।

घिसिङले आफूलाई गैरकानुनी रूपमा प्राधिकरणबाट हटाइएको भन्दै रिट दायर गर्न लागेका हुन् । उनले नेपाल सरकार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्ष बनाइएको छ । सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेलले रिट आएको तर हेर्न नभ्याइएको जानकारी दिए । उनका अनुसार भोलि बिहीबार मात्रै थप अध्ययन गरेर प्रक्रिया अघि बढ्छ ।

प्रतिक्रिया