सिरहा । जिल्लामा अवैध सुनचाँदीका गरगहनासहित १ व्यक्ति पक्राउ परेका छन् । पक्राउपर्नेमा पाँचथरको आरूबोटे नगरपालिका–५ बाजघरा घर भई हाल झापाको दमकमा डेरा गरी बसिरहेका २८ वर्षीय रोशन बराइली रहेका छन् । प्रहरीले बराईलीलाई सिरहा नगरपालिका–७ महिसोथामा, प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा पक्राउ गरेको हो । उनको साथमा रहेको झोलाबाट सुनचाँदीका विभिन्न गरगहना बरामद गरिएको छ ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार बरामद गरगहनामा हरियो पोतेमा जडित सुनको १८ थान माला, रातो पोतेमा जडित ३० थान माला, सेतो मोती मालामा जडित ५ थान माला, खुला चन्द्रमा ६ थान, पोतेमा जडित ८ थान चक्र, र १ थान मंगलसूत्र रहेको छ । बरामद सुनको तौल २६ दशमलव ५ ग्राम रहेको छ, जसको मूल्य ३ लाख ३५ हजार २२८ रुपैयाँ आँकलन गरिएको छ ।
त्यस्तै, प्रहरीले चाँदीका ६४ थान बाला, ११ थान ब्रासलेट, २९ थान चुरा, र १ थान रड समेत बरामद गरेको छ, जसको तौल २ किलो ६५२ दशमलव ४ ग्राम छ । यसको अनुमानित मूल्य २ लाख १७ हजार ६८० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिक्रिया