डाेटी । दार्चुलाबाट धनगढीतर्फ गइरहेको जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान जि दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै मृत्यु भएकाे छ। प्रहरीका अनुसार साेही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सात जनाकाे स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। जिपमा चालकसहित नौजना सवार थिए । रासस
प्रतिक्रिया