महिला विकास समितिको काम प्रशंसायोग्य : मेयर बजाल

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले महिला विकास समितिले राम्रो काम गरेकोे बताएका छन् । सोमवार सदरमुकाम चैनपुरमा महिला विकास समितिको आयोजनामा तिन महिने सिलाई कटाई तालिमको समापन समारोहमा उनले यस्तो कुरा बताएका हुन् । मेयर बजालले भने, ‘आजका दिनमा वाहुन, ठकुरी, क्षेत्री लगाएत सवैले कपडा सिलायर राम्रो आम्दानी गर्ने भएका छन्, यसमा हामीले गरौव गर्नुपर्छ, सवैको सिपको सम्मान गर्नुपर्छ, मानिसलाई माछा मार्न दिनुभन्दा माछा मार्न सिकाउनु उत्तम मानिने भएकाले महिला विकास समितिले यो कार्यक्रमको आयोजना गरेको हुन । तपाईहरुले पनी तालिममा सिकेका कुराहरु व्यावहारमा उतारी आत्मनिर्भर हुनुपर्छ ।’


फरक प्रसंगमा वोल्दै मेयर बजालले भने, ‘हाम्रो टिम नगरपालिकामा निर्वाचित भएर आएपछी नगरपालिका भित्र रहेका सिमान्तकृत दलित महिला दिदिवहिनीकोे विकासको लागि भनेर नै महिला विकास समिति बनाएका हौ,’ उनले भने, ‘महिला विकास समितिले गरेका पछिल्ला कार्यक्रम प्रभावकारी भएकाले आउँदा दिनमा पनी थप सिप विकासको लागि अझै यस्ता कार्यक्रम ल्याउने छौँ, ।’


महिला विकास समिति गठन भएपछी नगरपालिका भित्रका पछाडी परेका महिलाको विकासका लागि ३ महिने सिलाई कटाई तालिमको आयोजना गरेको र यो तालिमवाट सिकेका कुराहरु व्यवाहारमा उतारी राम्रो आय आर्जन गर्ने सके मात्र महिला विकास समितिको उदेश्य सार्थक हुने उनले बताए । यस्ता सीम मुलक कार्यक्रमले पछाडी परेका महिलाको विकास हुन सक्ने जयपृथ्वी नगरपालिका महिला विकास समिति अध्यक्ष रमा जोशीले बताइन् ।


अध्यक्ष जोशीले भनिन्, ‘हामिले तपाईहरुलाई सीप मात्रै दिएका छैनौं, सिलाइमा कटाइमा प्रयोग हुने अवश्यक सम्पूर्ण समानहरु पनी दिएका छौ तपाईहरुले गाँउघरमा नै वसेर काममा मेहनत लगनशिलता देखाए घर खर्च चलाउन सकनुहुन्छ,’ उनले भनिन्, ‘अब तपाइहरुले परिवारबाट हात थाप्न पर्दैन, ।’ महिलाको विकासका लागि आफु सदैव लागि पर्ने उनले बताइन् । ३ महिने सिलाई कटाई तालिममा एघार जना महिलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया