रौतहट । जिल्लाको क्षेत्र नम्बर १ (क) प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित नागेन्द्र साहले सत्य र न्यायको लागि निर्धक रुपमा पत्रकारले कलम चलाउनु पर्ने बताएका छन् ।
गौरमा आयोजना गरिएको मधेस भूमि दैनिक पत्रिकाको प्रथम बार्षिकोत्सब समारोहमा प्रमुख आतिथि रहेका उनले सम्बोधनका क्रममा समाज विकासको लागि सञ्चारको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
समाजमा लुकेका बिकृति, विसंगति बिरुद्ध सचेतना जगाउने तथा सरकारबाट पाउने सेवा सुबिधा बारे आम जनतालाइ सूसूचित गर्ने दायित्ब सञ्चार क्षेत्रको भएकाले कुनै पार्टी, नेता, व्यक्ति बिशेष प्रति आश्रित नभै पीडीत, गरिव, असहायको न्यायको लागि निर्धक भएर कलम चलाउनु सञ्चारकर्मीसंग आग्रह गरे ।
सो अवसरमा उनले अनियमिता, भ्रष्टाचारको अन्त्यका लागि आवाज उठाउनु पर्ने भन्दै पत्रकार देशको चौथो अंग भएकाले खबरदारी गर्नुपर्ने सुझाब दिए । प्रदेश सांसद साहले पत्रकारिता गरिरहेका तथा नियमित रुपमा प्रकाशन हुँदै आएका पत्र पत्रिकाको विकासको लागि आवश्यकता अनुसार सहयोग गर्न प्रतिब्द्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा गौर नगरपालिकाका नगर प्रत्यासी एवं नेपाली कांग्रेस गौरको नगर सभापति मोहन यादवले अवाज बिहिनको आवाज भनेर चिनिने पत्रकारलाइ अन्यायको बिरुद्ध लेखेर आम जनतालाइ न्याय र विकासको अनुभूति गर्नुपर्ने बताए । गलत प्रकारका समाचारले आम जनतामा भ्रमित पार्ने भएकाले सबै सञ्चारकर्मीले इमान्दार भएर व्यवसायिक पत्रकारिता गर्नु उनले सुझाव दिए ।
समारोहमा नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा, बरिष्ठ पत्रकार प्रभात कुमार झा, प्रेस चौतारी नेपाल रौतहटका अध्यक्ष उत्तम उपाध्याय, जनमत पार्टीका विकास यादव लगायतले पत्रिकाको सफलताको कामना गर्दै निरन्तर रुपमा प्रकाशन गर्नुपर्नेमा जोड दिए ।
प्रकाशक शिला कुमारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पत्रिकाका सम्पादक सुरेश बर्मा, सह सम्पादक पुजा पाठक सम्बददाता र बिभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाइ सम्मानित गरिएको थियो ।
बार्षिकोत्सबको अवसरमा गौर एकेड्मीमा अध्यन गरिरहेका १६० जनाको निशुल्क आँखा परिक्षण गरिएको थियो । नेपाल नेत्र ज्योति संघ गौर आखा अस्पताल पुरेनवाबाट आएको चिकित्सकको टोलीले ६२ जनालाइ औषधि तथा ३९ जनालाइ चश्मा उपलब्ध गराएको आयोजकले बताएका छन् ।
रौतहट
प्रतिक्रिया