लागुऔषधसहित एक महिला पर्सा प्रहरीकाे नियन्त्रणमा

वीरगञ्ज । लागुऔषधसहित एक महिलालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा २१ हनुमान चोक स्थित सडकखण्डमा बाट जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट काठमाडाैंतर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको सार्वजनिक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला पर्सा वीरगञ्ज २१ परवानीपुर बस्ने बर्ष ३० की फुलसन खातुनको साथमा रहेको कालो हेण्ड ब्याग भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २० प्याकेट गरी जम्मा १०५ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

लागु औषधसहित पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया