एमालेको चियापानबाट फर्केको बलेरो जीप दुर्घटना, नविना लामा सवार थिइन्

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका– १ निगालेस्थित खानीखोला गाउँपालिकाको तालढुंगाबाट बेथानचोक तर्फ आउँदै गरेको बलेरो जीप दुर्घटना भएको छ ।

बा १४ च ७०७७ नम्बरको डबल क्यापको बोलेरो जीप ब्रेक फेल भई सडकमा पल्टिँदा उक्त बोलेरोमा सवार १८ जनामध्ये ११ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी धुलिखेल अस्पतालमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सो बलेरोमा सवार नेकपा एमालेका नेताहरु चियापान कार्यक्रम सकेर सदरमुकाम धुलिखेल फर्कँदै गरेको बताइएको छ ।

उक्त बलेरोमा पूर्वसांसद नविना लामा, एमाले प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामालगायत एमाले नेता, कार्यकर्ता सवार थिए । उकालोमा ब्रेक फेल भएपछि भित्तामा लगेर गाडी ठोक्काएर पल्टाइएको बताइएको छ ।

प्रतिक्रिया