घोषणा पत्र जारी गर्दै सम्पन्न भयाे तेस्रो विश्व नेवा: सम्मेलन

काठमाडाैं । तेस्रो विश्व नेवा: सम्मेलन २०२३ सम्प्पन्न भएकाे छ । नेपालमा हुन लागेको एघारौं विश्व गैरआवासीय नेपाली संघको सम्मेलनमा भाग लिन आएका बिभिन्न देशका नेवारबन्धुलाई स्वागत गर्दै तेस्रो विश्व नेवाः सम्मेलन २०२३ गत आइतवार किर्तिपुरको ससःत्वाः हलमा सम्पन्न भएको हाे ।

उक्त सम्मलेनमा प्रमुख अतिथि पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले कला संस्कृति र आर्थिक उत्थान सम्मिलित ९ बुँदे घोषणा पत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बागमती प्रदेशकी सांसद हरिप्रभा खड्गी श्रेष्ठ, ज्यापु महागुथि येँ महानगर समितिका सचिव मचाराजा महर्जन, नेवाः देय् दबू स्वनिगः समितिका कजि श्रीकृष्ण महर्जनका साथै NRNA ICC का पूर्व कोषाध्यक्ष प्रितम श्रेष्ठ, संयाेजक गोबिन्दप्रसाद श्रेष्ठ, NRNA ICC एसिया प्रशान्त क्षेत्र, NRNA जापानका पूर्व अध्यक्ष सुदन थापा तथा बिभिन्न विभिन्न ब्यक्तिहरू उपस्थित थिए ।

कार्यक्रममा सबैलाई आयोजकको तर्फबाट नरेश नेवाले स्वागत गरेका थिए । उक्त कार्यक्रमको संयोजन जापानमा बस्ने सुनिलकुमार शाक्यले गरेका थिए ।

यस्ताे सम्मेलनबाट जारी घोषणा पत्र

२०२३ अक्टोबर १५ का दिन किर्तिपुर , काठमाडौमा सम्पन्न तेश्रो ग्लाेबल नेवा: कन्फेरेन्स (Third Global Newa Conference) ले ९ बुंदे घोषणा पत्र जारी गरेको छ ।

१) NRN नेवारहरुलाई गोलबद्ध गराउदै निरन्तर सम्पर्कमा रहि एक आपसमा सुमधुर सम्बन्ध स्थापित गर्न नेवा: NRN स्थापना

२) विश्व भर रहेका नेवा : संघ संस्थाहरु संग समन्वय तथा हातेमालो गर्दै नेपाल भाषा,लिपि ,कला , संस्कृतिको सम्बर्द्धन, प्रबर्द्धन, संरक्षण गर्दै बिस्वका बिभिन्न देशहरुमा नेवा: फ़ूड फेस्टिवल आयोजना गरि नेपालको सम्पदा बिश्वब्यापी रुपमा फैलाई नेपालको पर्यटक विकासमा टेवा पुर्याउने

३ ) बिदेशमा रहदा आफुले आर्जन गरेको सीप ,ज्ञान, कला, कौसललाई नेपाल र नेपालीको हितमा अधिकतम उपयोग गर्न कटिबद्ध हुदै

४)संसार भर छरिएर रहने नेवारबन्धुहरुलाई NRNA अभियानमा सहभागी हुन प्रोत्साहित गर्दै नेतृत्व दायी भुमिकामा साथ सहगोग गर्ने वातावरण निर्माण गर्दै

५ ) बिदेशी नागरिकता लिई सकेका नेवारहरुलाई नेपालको गैर आवासिय नेपाली नागरिकता लिन उत्प्रेरित गर्दै एक पटकको नेपाली सदा नेपाली अर्थात विदेशीएका नेपालीको नेपाली नागरिकता निरंतरताको निम्ति आवाज पनि राख्दै जाने ।

६) नेपालमा बसोबास गर्ने नेवारहरु र NRN नेवारहरुका बिच एक आपसमा सम्बन्ध सुढृढ र सुमधर बनाउदै नेपाल भाषा , कला, संस्कृतिको सम्बर्द्धन, जगेर्ना र बिश्वब्यापी करणमा हातेमालो गर्दै उद्योग व्यवसायमा आर्थिक लगानिको अवसर, सम्भावनाको खोजी गर्दै

७ ) बिदेशमा जन्मिएका, हुर्किएका नेवार बालबालिकाहरुलाई आफ्नो पुर्ख्यौली भाषा ,लिपि, कला,भेषभुषा ,संस्कृतिबारे जानकरी गराउदै सो को प्रबर्द्धन , जगेर्ना तथा संरक्षण गर्ने कार्यमा बालबालिका तथा युवाहरु लाइ सहभागी गराउदै , नेतृत्व गर्न , गराउन प्रोत्साहित गर्दै

८ ) नेवा: NRN द्वारा संचालन, प्रबर्द्धन हुने गरि एक कोष खडा गर्दै नेवा: NRN को उदेश्य परिपुर्तिमा परिचालित गर्दै

९) नेपाली नेपाली बिच भाइ चारा सम्बन्ध कायम गर्दै नेपालको बिकासमा दत्तचित्त रहेन प्रण गर्दछौ ।

प्रतिक्रिया