रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखामा लगाइएको ताला खुलेको छ । उक्त ताला झन्डै तीन महिनापछि बुधबारबाट खुलेको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीसहितका पत्रकारहरुको रोहवरमा महासंघमा गरिएको तालाबन्दी बुधबार दिउँसो तीन बजे खुलाइएको छ ।
नयाँ सदस्यता र सदस्यता नवीकरण सम्बन्धमा विवाद भएपछि पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष रबिन्द्र साह को नेतृत्वमा केही पत्रकारहरुले गत असार ३ गते पत्रकार महासंघको कार्यालय गौर शाखामा तालाबन्दी गरेका थिए ।
सरकारि सेवा सुविधा लिने र पत्रकारिता पेशाभन्द अन्य पेशामा लागेकालाई सदस्यता नवीकरण नगर्ने पत्रकार महासंघको केन्द्रिय कार्यालय काठमाडौंको परिपत्र अनुसार पत्रकार महासंघ रौतहटले महासंघको सदस्यता लिएर पनि पत्रकारिता पेशा छाडेर अन्य विभिन्न पेसामा लागेका सदस्यलाई यस चालू आर्थिक वर्षमा सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि असन्तुष्ट बनेका पत्रकारहरुले निर्णय सच्याउन माग गर्दै महासंघमा तलाबन्दी गरि आन्दोलित भयका थिए ।
साथै उनिहरुले आफू अनुकुलका ब्यक्तिलाइ नयाँ सदस्यताको लागि नाम सिफारिस गर्नुपर्ने पनि माग गरेका थिए ।
महासंघमा देखिएको विवाद सल्टाउन पत्रकार महासंघ रौतहटले नयाँ सदस्यताका लागि महासंघमा आबेदन दिएका ५१ जनाकै नाम महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा केही दिनअघि मात्र पठाएको थियो ।
नयाँ सदस्यताका लागि परेको सबै आबेदकको नामावली महासंघको केन्द्रिय कार्यालयमा पठाइएको र सदस्यता नवीकरणमा देखिएको विवाद समेत समाधान भइसकेकोले महासंघमा लगाइएको ताल्चा खोलिएको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताए ।
सक्रिय रूपमा निरन्तर पत्रकारिता गरिरहेका सम्पुर्ण पत्रकारलाई सद्स्यता नवीकरण गरि विवाद समाधान गरिएकोले पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, प्रेस युनियनका केन्द्रिय सदस्री तथा पत्रकार महासंघ रौतहटका सल्लाहकार सन्जय कार्की, प्रेस चौतारिका केन्द्रिय सदस्य रमेश तिमल्सिना, समाजवादि प्रेस संगठनका केन्द्रिय सदस्य कृष्ण तिवारी, फोटो पत्रकार संघका अध्यक्ष प्रभात झा, प्रेस सेन्टरका रौतहट जिल्ला अध्यक्ष सुब्बा कार्की, महासंघ रौतहटका पुर्व उपाध्यक्ष अशोक पहाडी, महासंघका रौतहट जिल्ला सचिव मदन ठाकुर लगाएत पत्रकारको रोहवरमा ताल्चा खोलिएको महासंघका जिल्ला अध्यक्ष झाले बताए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया