बुटवलबाट बागलुङ जाँदै बस दुर्घटना : एकको मृत्यु, ३८ जना घाइते

ढोरपाटन बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमेन्द्र शर्माले जानकारी दिए । मृत्यु हुनेको पहिचान नखुलेको शर्माको भनाइ छ ।

घाइते सबैलाई लुम्बिनी मेडिकल कलेजमा पठाइएको शर्माले जानकारी दिनुभयो । घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस भिरमा अड्किएको बताइएको छ ।

प्रतिक्रिया