बझाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङका अध्यक्ष तथा प्रदेश सभा ‘ख’ का उम्मेदवार विरेन्द्र मल्लले राजसंस्था यो देश नेपालका लागि अपरिहार्य रहेको बताएका छन् । मंगलबार बझाङको सदरमुकाम चैनपुरको होटल केपी प्लाजमा भएको पत्रकार सम्मेलनमा यो देशका लागि राजसंस्था अपरिहार्य र अनिवार्य रहेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै मल्लले आफु प्रदेश सभा ‘ख’ को उम्मेदवार भएको कारण आफ्नो मुल ऐजेन्डा भनेको नै राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, शिक्षा क्षेत्रको विकास, भष्ट्राचार मुक्त समाज, सबै पालिकामा स्वास्थ्य चौकीको स्थापना र कक्षा १२ सम्मको निःशुल्क शिक्षा रहेको बताए ।
उनले आफुले जिते बझाङ जिल्लालाई उज्यालो बझाङ जिल्ला बनाउन पहल गर्ने बताए । उनले भने, ‘हाम्रो जिल्ला जोड्ने सडक नागवेली जस्तै भएको कारण दुवानी महंगो भएको कारण पर्यटन पनि नफस्टाउने तथा जिल्लाको विकासमा ढिलाई हुने समस्या रहेको बताए ।’ त्यसलाई समाधान गर्न भारतको झुलाघाटबाट दाचुलाको चमेलीयाको किनार भएर बुंगल र बागथला देउरा हुदै सदरमुकाम चैनपुर जोड्ने राजमार्गको विकास गर्नुपर्ने उनले बताए ।
कार्यक्रमा उनले आफु इन्जिनियर भएका कारण आफुले गरेको अध्यन अनुसार बझाङको देउरावाट कैलालीको गोदावरी सम्म ठाँउठाँउमा सुरुङमार्ग र ठाँउठाँउमा ओपन सडक निर्माण गरे कैलालीको गोदावरी पुग्न एक सय किलोमिटर पार गर्न सकिने बताए ।
त्यस्तै बझाङ जिल्लावाट प्रतिनिधि सभा उम्मेदार विस्वप्रकास जेठाराले व्यावसाय परिवार पाल्ने पेशा भएकोले राजनीति भनेको देश बनाउने अभियान भएको बताए । उनले भने, ‘अहिलेसम्म निर्वाचित भएका जनप्रतिनिधीले जिल्लाको विकास भन्दा पनि आफ्नो पाँच पुस्तासम्म पुग्ने अकुत सम्पति कमाएको र जिल्लाको विकासको बारेमा कसैले पनि वास्ता गरेनन् ।’
कार्यक्रमा प्रदेश सभा क का उम्मेदार हरीलाल भट्टराईले आफूले प्रदेश सभा (क) मा उम्मेदवारी दिएको र आफुले जिते आर्थिक अनुसासन ल्याउने, गलत सिस्टमको विरुद्ध बोल्ने बताए ।
बझाङ
प्रतिक्रिया