कैलाली ५ मा सत्ता गठबन्धनका उम्मेदवारहरूकाे मनोनयन दर्ता

धनगढी । आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं.५ मा सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएका छ्न् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा गठबन्धनका साझा उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।


सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डिल्लीराज पन्तले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छ्न । पन्त हालका प्रदेश सभा सदस्य हुन् ।

त्यस्तै प्रदेश सभा (क) मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नेता रमेशसिंह धामीले उम्मेदवारी दर्ता गराएका छ्न् ।

त्यसैगरी प्रदेश सभा (ख) मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांगेसका प्रकाशबहादुर देउवाले मनोनयन दर्ता गरएका छ्न । गठबन्धनको सिट बाँडफाँडमा कैलाली क्षेत्र नं. ५ मा प्रतिनिधि सभा कांग्रेस,प्रदेश शभा (क) माओवादी केन्द्र र प्रदेश सभा ( ख) नेपाली कांग्रेसको भाग परेको थियोे ।

प्रतिक्रिया