मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुर तयारीमा जुटेको छ । निर्वाचन परिचालन कमिटी घोषणा तथा परिचालन कमिटीको कार्यालय उद्घाटन गर्दै एमालेले चुनावको तयारीमा जुटेको हो । एमाले मकवानपुरको निर्वाचन परिचालन कमिटी घोषणा तथा परिचालन कमिटीको कार्यालय उद्घाटन गरिएको छ । केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेलको संयोजकत्वमा ७ सय ५१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरएको छ । कमिटीको सहसंयोजक एकालाल श्रेष्ठ र सचिवमा नवीन सिग्देललाई जिम्मेवारी दिईएको छ । कमिटीको कामलाई प्रभावकारी बनाउन प्रदेश कमिटी सदस्यहरू, जिल्ला सचिवालयका सदस्यहरू, पालिका, विशेष ईलाका कमिटी, जनसंगठनका कमिटीका ईन्चार्ज रहेको ८५ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटीको सचिवालय समेत गठन गरेको छ ।
त्यस्तै, प्रतिनिधिसभा १ निर्वाचन परिचालन कमिटीको संयोजक रामचन्द्र राई, सचिव अनिल बानियाँ, प्रदेशसभा १ को (क) संयोजक दिलबहादुर घिसिङ्ग, सचिवमा कृष्णप्रसाद चौलागाई, प्रदेशसभा १ को (ख) संयोजकमा रघुनाथ खुलाल, सचिवमा ईन्द्रप्रसाद नेपाल रहेका छन् ।
त्यस्तै, प्रतिनिधिसभा २ को संयोजकमा सुभाषचन्द्र ठकुरी, सचिवमा मेम्बर लो, प्रदेशसभा २ को (क) संयोजकमा बलराम बल, सचिवमा पार्वती राना, २ को (ख) संयोजक एकराज उप्रेती र सचिव नरेन्द्र रिजाललाई जिम्मेवारी दिईएको छ ।
पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर राना, अतिथिहरूमा केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज जुनेली श्रेष्ठ, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका सदस्यहरू रहेका थिए ।
मकवानपुर
प्रतिक्रिया