जनकपुरधाम । डा. सिके राउतका कार्यकर्ताले जनकपुरधाममा पत्रकारमाथि हातपात गरेका छन् । पृथकतावादी आन्दोलन छाडेर मुलधारमा आएका स्वतन्त्र मधेश गठवन्धनका संयोजक डा. राउत २४ गते प्रधानमन्त्री केपी ओलीसँग सहमति गरेर मुलधारमा आएका थिए । जनकपुरधाम आएपछि पत्रकारहरुले उनको अभिव्यक्ति माग्दा पत्रकारहरुलाई हातपात गरेका हुन् ।
आज दिउँसो १२ बजे आउने भनेर प्रचार गरिएपनि सिके राउत करिब सवा चार बजे विमानस्थल पुगेका थिए । लामो समयसम्म उनकै प्रतिक्षामा बसेका पत्रकारहरुलाइ कुनै पनि अभिव्यक्ति नदिने भन्दै राउतकै सेक्युरिटी गार्डहरुले पत्रकारहरुलाई भीआइपी रुमबाट हतपात गर्दै बाहीर निकालेका थिए ।
राउत र सरकारबीचको सम्झौताको विषयमा प्रतिक्रिया लिन विमानस्थल गएका पत्रकारहरुसँग उनका निजि सुरक्षा गार्डलेसमेत दुव्र्यवहार गरेका छन् । सहमति विपरित र देशविरुद्ध काम भइरहेको तथा सञ्चारकर्मीहरुमाथि दुव्र्यवहार हुँदा पनि त्यहीँ उपस्थित सुरक्षाकर्मीहरु चुचाप बनेर बसेका थिए ।
प्रतिक्रिया